ताप्लेजुङका नेता गिरफ्तार

BIJAYA

काठमाडौं/असार ८ः नेपाल कम्युनिस्ट पार्टी, ताप्लेजुङ जिल्ला सचिवालय सदस्य तथा जनपरिषद प्रमुख विजय लिम्बू र फेम्बु लिम्बूलाई घरबाट मंगलबार प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी, ताप्लेजुङ इन्चार्ज आशिषले बुधबार एक विज्ञप्ति जारी गरीे विजय र फेम्बुलाई बिना कारण गिरफ्तार गरिएकोप्रति आपत्ति जनाउँदै अधिकारवादी, नागरिक समाजको पनि ध्यान आकर्षण गरेको छ । “बिना कारण, बिना पक्राउ पूर्जी, घरमै बसिरहेको अवस्थामा जिल्ला जनपरिषद प्रमुख क. विजय लिम्बूलाई गिरफ्तार गरिएको छ । स्थानीय प्रशासन र सरकारले न्यूनतम मानव अधिकारको उलंघन गरेको छ । बारम्बार मानव अधिकारको विरुद्ध सरकार प्रस्तुत भइरहेको पनि मानव अधिकारकर्मी, नागरिक समाजका प्रतिनीधि र अधिकारवादी समक्ष समेत नेकपा ध्यान आकर्षण गराउँदछ” विज्ञप्तिमा भनिएको छ । त्यस्तै ताप्लेजुङमा मेची ब्यूरो सदस्य राम चुँडाललाई एक महिना अघि बिना कारण गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :