रामेछापमा एनसेल टावर ध्वस्त

रामेछाप : रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं. १ डाँडाकटेरीमा रहेको एनसेलको टावर ध्वस्त पारिएको छ । अपरिचित शक्तिले शक्तिशाली बम विस्फोट गराएर टावर ध्वस्त पारेको हो । सरकारलाई झन्डै एक खर्ब राजस्व नतिरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले देशैभरका एनसेल टावरलाई चेतावनी दिएर कारबाही गर्दै आएकाले यहाँ पनि नेकपाले नै कारबाही गरेको हुनसक्ने स्थानीय बासिन्दा तथा बुद्धिजीवीहरुले बताएका छन् । शुक्रबार राति अपरिचित शक्तिले रामेछापकै खाँडादेवी गाउँपालिका वडा नं. ३ भीरपानीमा पनि सिलिन्डर बम विस्फोट गराई ध्वस्त बनाइदिएको थियो । स्मरणीय छ, साउनको १५ गते देशका दर्जनौँ जिल्लामा एकै साथ एनसेलका टावरहरु ध्वस्त पारिएको थियो ।

२०७६ साउन २० गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :