पत्रकार महासंघद्वारा सूचना विभागको ध्यानाकर्षण

काठमाडौ : नेपाल पत्रकार महासंघ अन्तर्गतको श्रमजीवी हित प्रर्वदधन समितिले श्रमजीवी पत्रकारलाई वृद्धि भएको पारिश्रमिक र ऐन अनुरुप सेवासुविधा दिलाउन कडाईपुर्वक लाग्न ध्यानाकर्षण गराएको छ । समितिका संयोजक एवं पत्रकार महासंघका सचिव रामप्रसाद दाहालको नेतृत्वमा आइतबार गएको टोलीसँग छलफल गर्दै महानिर्देशक कृष्णमुरारी न्यौपानेले प्रदेशबाट प्रेस पास लिनेहरुले सुचना विभागबाट प्राप्त सुविधाहरु नपाउने बताए । न्यौपानेले अर्काे नयाँ व्यवस्था नहुञ्जेलसम्म प्रदेशबाट पास लिनेहरुलाई यो सुविधा दिन नमिल्ने तर मन्त्रालयस्तरबाट कुनै निर्णय भयो भने मात्र दिन सकिने बताएका छन् । नेपाल पत्रकार महासंघ अन्तर्गतको सो समितिले बुझाएको ध्यानाकर्षण पत्रमा तोकिएको अवधिमा आर्थिक बर्ष २०७६ र २०७७ को दरबन्दी र श्रमजीवी विवरण नबुझाउने सञ्चार गृहहरुको नाम सार्वजनिक गर्न र नबुझाएका सञ्चार गृहलाई कानुनीरुपमा विवरण बुझाउन बाध्य पार्न माग गरिएको छ ।

विगतमा झैं, सुचना जारी गर्ने र विवरण नबुझेमा प्रेसपास मात्र रोकेर बस्ने विभागले नदोहोर्याई विभागीय अधिकार प्रयोग गरि कडा कदम चाल्न महासंघको पत्रमा छ । साथै पे रोल नबुझाउने सञ्चारगृहको नामावली विभागले आफ्नो वेभसाईटबाट सार्वजनिक गर्नुपर्ने पनि महासंघको माग छ । छलफलमा संयोजक दाहाल, सहसंयोजक जन्मदेव जैसी, सदस्यहरु टेकराज थामी, उपत्यका प्रदेश अध्यक्ष एनके दाहाल उपस्थित थिए । 

२०७६ साउन २० गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :