प्रतिरोध गर्ने नेकपाको चेतावनी


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी धादिङले आफ्नो पार्टीका नेता–कार्यकर्ता र शुभचिन्तकलाई बिनाकारण गैरन्यायिक रूपमा अपहरण शैलीमा गिरफ्तार गर्ने, हिरासतमा राख्ने, झूट्टा मुद्दा लगाउने, सामान लुटपाट गर्ने, आतङ्क मच्चाउँदै घर खानतलासी गर्ने कार्य तत्काल बन्द नगरे सरकारको कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

पार्टी सेक्रेटरी बुद्धले आइतबार विज्ञप्ति प्रकाशित गरी २०७६ साउन १८ गते पार्टीका शुभचिन्तक टीका खतिवडालाई खेतमा काम गरी आफ्नो घरमा सुतिरहेको अवस्थामा सोधपुछ भन्दै सरकारले आफ्नो सम्पूर्ण राजनीतिक मूल्य र मान्यता मिचेर फरक राजनीतिक आस्थाकै कारण गरेको गैरन्यायिक गिरफ्तारीको घोर भत्र्सना पनि गरेका छन् । उनले जनतामा आतङ्क फैलाउने, घर खानतलासी गर्ने जस्ता कार्य तुरुन्त रोकेर गिरफ्तार गरिएकाहरूलाई बिनासर्त रिहा गर्न र घरघरमा राखिएका तीन वटा मोटरसाइकल प्रहरीले लुटेर लगेकाले तुरुन्त फिर्ता गराउन माग गरेका छन् । उनले भनेका छन्, ‘अन्यथा हाम्रो पार्टी सशक्त प्रतिरोधमा उत्रनुको विकल्प नरहेको जानकारी गराउँछौँ । यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम् दलाल सरकार हुनेछ ।’ विज्ञप्तिको पूर्णपाठ यसप्रकार रहेको छ :

 

२०७६ साउन २० गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :