पहिरोमा परी आमा छोरीको मृत्यु, पाँच जना घाइते


बाजुरा : लगातार भारी बर्षाका कारण गयराती बाजुराको गौमुल गाउँपालिका वडा नम्वर ६ बसालामा पहिरो जाँदा आमा छोरीको मृत्यु भएको छ । पहिरोमा परी अन्य पाँच जना घाइते भएका छन् । पहिरोमा परेर ३० बर्षकी निरुता चदाँरा र उनकी ६ बर्षीय छोरी किश्मती चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।

पहिरोबाट अन्य पाँच जना पनि घाइते भएकोमा ९० बर्षीय जंग चदाराको अबस्था गम्भिर रहेको छ । जङ्गे चदाराको गौमुल गाउँपालिकाको घटमुना शहरी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । प्रमुख जिल्ला अधिकारी गंगा प्रशाद न्यौपानेका अनुसार घटनास्थलमा राती नै प्रहरी खटाइए पनि अहिले सम्पर्क हुन सकेको छैन ।

२०७६ साउन १७ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :