वडा कार्यालयमा तोडफोड


चितवन : इच्छाकामना गाउँपालिका वडा नं २ को कार्यालयमा अपरिचित व्यक्तिहरूले तोडफोड गरेका छन् । वल्याङस्थित वडा कार्यालयमा मङ्गलबार राति तोडफोड भएको जानकारी गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले दिएकी छिन् । उनका अनुसार कार्यालयको कुर्सीलगायत सामग्री बाहिर फालिएको छ भने कार्यालयका कागजात च्यातिएको अवस्थामा फेला पारिएको छ । घटनास्थलमा नेकपाको पर्चा फेला परेकाले उक्त पार्टीले नै कार्यालय तोडफोड गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।

२०७६ साउन १५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :