नेकपाद्वारा ४३ बिघा जग्गा कब्जा


कैलाली : नेपाल कम्युनिस्ट पार्टीले बौनियाँमा चार जनाको घरजग्गा कब्जा गरेको छ । जनपरिषद् नेपाल बर्दगोरियाले ४३ विघा १७ कट्ठा जमिन र घर बुधबार कब्जा गरेको हो ।

कब्जा गरिएको जग्गामा पार्टीको ब्यानर टाँगिएको छ । बर्दगोरिया जनपरिषद् प्रमुख अनुकूलको नेतृत्वमा जग्गा कब्जा गरिएको नेकपाले जनाएको छ ।

कब्जा गरिएको जग्गा राजेन्द्र मल्ल र वीरबहादुर मल्लको ३५ बिघार घर रहेको छ । त्यस्तै देवबहादुर मल्लको ८ बिघा जमिन र घर, सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैङ्कको स्वामित्वमा रहेको १७ कट्ठा जमिन पनि जनपरिषद्ले कब्जा गरेको समाचार रातो खबरलाई प्राप्त भएको छ ।

उक्त जग्गा जनयुद्धकालमा नेकपामा ओवादीले कब्जा गरेको थियो । जनयुद्ध समाप्तिको घोषणापछि पुष्पकमल दाहाल नेतृत्वको एमाओवादीका कतिपय नेताले उक्त जग्गाको दलाली गरेको पनि समाचारमा जनाइएको छ ।

नेकपाले कब्जा गरेको उक्त जग्गामा टाँगिएको ब्यानरमा जनयुद्धका क्रममा कब्जा गरिएका सबै जग्गा पुनः जनपरिषद्ले कब्जा गरेको उल्लेख छ । ब्यानरमा जग्गा बिक्रीवितरणमा संलग्नलाई पार्टीले भौतिक कारबाही गर्ने चेतावनीपूर्ण सूचना राखिएको छ । पार्टीको नीति र निर्णयअनुरूप नै बर्दगोरिया जनपरिषद्ले उक्त जग्गा कब्जा गरेको जानकारी नेकपा कैलालीले दिएको छ ।

२०७६ साउन १५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :