सुराकी गर्नेलाई कडा जनकारबाही गर्ने नेकपाको चेतावनी (विज्ञप्तिसहित)

बझाङ : नेपाल कम्युनिस्ट पार्टीका बझाङ जिल्लाले नेता–कार्यकर्ता, शुभचिन्तक र समर्थकविरुद्ध सुराकी गर्नेलाई कडा जनकारवाही गर्ने जनाएको छ ।

पछिल्लो समय देशभर जस्तै बझाङ जिल्लामा पनि सुराकमार्फत प्रहरी–प्रशासनले विना कारण धरपकड झुटा मुद्दा लागाउने कार्यलाई तिब्रता दिएकोप्रति आक्रोशित नेकपा बझाङले शनिबार एक विज्ञप्तिमार्फत राजनीतिक नेता कार्यकर्तालाई पनि अपराधीलाई जस्तै दुःख दुने कार्य बन्द गर्न चेतावनी दिएको छ ।

जिल्ला इन्चार्ज बिराट र सेक्रेटरी हरिलालको संयुक्त हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘समर्थक र स्थानीय जनताका घरमा खानतलासी गर्ने, प्रहरी अप्रेसन सञ्चालन गरी सर्वसाधारण जनतालाई आतंकित पार्ने, नेकपा विरुद्ध गलत प्रचार गर्ने र पार्टीमा संलग्न नभएका जनताहरुलाई प्रशासनसम्म पुर्याई आत्मसमर्पण गराउने गरेकोप्रति नेकपा बझाङले खेद प्रकट गर्दछ ।’

साथै भ्रष्ट जनप्रतिनिधिले उक्त हर्कत दोर्होयाउने प्रयास गरे जिल्ला समितिले जुनसुकै वेला पनि जनकारबाही गर्नेसमेत चेतावनी दिएको छ । विज्ञप्तिको पूर्णपाठ…

२०७६ साउन १२ गते आइतबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :