जनपरिषदद्वारा कैलालीको रेखा कडायतको घर सम्पत्ति कब्जा (विज्ञप्तिसहित)


कैलाली : नेपाल कम्युनिस्ट पार्टीले थारुवान स्वायत्त प्रदेश अन्तरगत एरिया नं. १ जनपरिषद् टिकापुर, कैलालीमा ठग्दै आएका एक व्यापारीको घरसम्पत्ति कब्जा गरेको छ । कैलालीको टिकापुर नगरपालिका १ बजार क्षेत्रमै रहेको एक व्यापारीको घरमा थारुवान स्वायत्त प्रदेशको झण्डा गाडेर कब्जामा लिएको हो । जनपरिषद् टिकापुरका प्रमुख विमर्शले शनिबार विज्ञप्ति जारी गर्दै टिकापुरमा अवैधानिक ढंगबाट मिटर व्याज, ढुकुटी जस्ता वित्तीय कारोबार गर्न संलग्न रहेको, सामान्य जनताले दुही, दुध, घिउ, गाई, भैंसी बेचेको पैसा लिएर ठगेको आरोपमा रेखा कडायतको घरलगायत सम्पत्ति कब्जामा लिएको जनाएका छन् ।

जनपरिषद् प्रमुख विमर्शले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी दलाल संसदीय व्यवस्थालाई शसक्त रुपमा प्रतिरोध गर्दै नेपालमा एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना ऐतिहासिक कार्यभार पूरा गर्न संघर्ष गर्दै आएको छ । एकातिर राष्ट्रियता ननअधिकार र जनजिवीकाका सवाल जस्ता का तेस्तै छन् । अर्कोतिर कालोबजारी भ्रष्टाचार, तस्करी, कमिशन झनझन बढिरहेको छ । पछिल्लो समयमा झन जटिल बन्दै गएको अवैधानिक कारोबार मिटर ब्जाज, ढुकुटी ठगी दिनप्रतिदिन बढ्दै गएको छ । जसको कारण जनता मृत्युको बाटो रोज्न बाध्य भएका थुप्रै उदाहरण हाम्रो अगाडि नै छन् । हाम्रो पार्टी यस्ता भ्रष्टाचार, कालोबजारी, महंगी मिटर ब्याज, ढुकुटीका विरुद्ध कारवाहीकालागि संलग्न व्यक्तिहरुलाई ध्यान आकर्षण गर्दै आएको कुरा पनि अवगत नै छ । यसरी राज्यको कर छली गरी अवैधानिक वित्तीय कारोबार संलग्न रेखा कडायतलाई पटकपटक पीडित जनताको उजुरी आएकोले सो ब्यक्तिको शेवरमा रहेको सम्पूर्ण चल अचल सम्पत्ति जनपरिषद् नेपालले पीडित जनताको रकम असुली नहुन्जेलसम्म आफ्नो मातहातमा कब्जा गरेको कुरा यस प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

कारवाही किन ?
१) अवैधानिक ढंगबाट वित्तीय कारोबार गर्न संलग्न रहेकोले
२) सामान्य जनताले दहि, दुध, घिउ, गाई, भैंसी, बेचेको पैसा लिएर ठगेकोले
३) राज्यलाई कर छली गरेकोले
४) पैसा दिए बापत ठूलो ब्जाय दिने भनी प्रलोभनमा पारेर करोडौं रुपैयाँ खाएर भागेकोले
विज्ञप्तिको पूर्णपाठ…

२०७६ साउन १२ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :