अखिल (क्रान्तिकारी)द्वारा शैक्षिक माफियाबाट सञ्चालित स्कुल र कलेजमा कालो ब्यानर

 

रूपन्देही : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले रुपन्देही, नवलपुर, अर्घाखाँची र पाल्पालगायत विभिन्न जिल्लामा एकसाथ शैक्षिक माफियाहरुलाई सामाजिक बहिष्कार गरौं भन्ने मुल नारासहित कालो ब्यानर राखेको छ । संगठनले शैक्षिक माफियाद्वारा सञ्चालित कलेज र स्कुल बहिष्कार गर्नुपर्ने भन्दै कालो ब्यानर राखेको हो ।

यसैगरी खैरेनी देवदह, सञ्जीवनी नर्सिङ कलेज, नमस्ते एकेडेमी तिलोत्तमा, न्यू एकेडेमी इङ्लिस बोर्डिङसैनामैना, मुकन्दसेन इङ्लिस बोर्डिङ स्कुल गैँडाकोट नवलपुर, अक्सफोर्ड इन्जिनियरिङ कलेज गैडाकोट नवलपुर र सेन्ट जोसफ इङ्लिस बोर्डिङ स्कुल देबचुलीमा ब्यानर टाँगिएको हो ।

शैक्षिक माफियाहरुलाई सामाजिक बहिष्कार गर्नुपर्ने कारणसहित संगठनले ब्यानर टाँगेको अखिल (क्रान्तिकारी)का ब्युरो संयोजक वीरेन्द्र विकले बताए ।

माफियाद्वारा संचालित शैक्षिक सस्थाहरु र सञ्चालकको सुची
१) अर्घाखाँची माध्यामिक बो. स्कुल सन्धिखर्क अर्घाखाँची : श्रीकृष्ण भुसाल
२) सन्जिबनी नर्सिङ कलेज रुपन्देही : खोमा अर्याल मेडिकल माफिया
३) नमस्ते एकेडेमी तिलोत्तमा रुपन्देही : बिष्णु भुसाल
४) न्यु एकेडेमी इ.बो. सैनामैना रुपन्देही : चित्रबहादुर कार्कीको (सैनामैनाको मेयर) लगानी भएको
५) मुकन्दसेन इ. बो. स्कुल गैडाकोट नवलपुर : राजेन्द्र पौडेल
६) अक्सफोर्ड इन्जिनियरिङ कलेज गैडाकोट नवलपुर : हरि रोका
७) सेन्ट जोसफ इ.बो. स्कुल कावासोति ११ कउरेलि नवलपुर : शिव प्रसाद देबकोटा

२०७६ साउन १२ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :