मोरङ सेक्रेटरी राई गिरफ्तार, नेकपाद्वारा घोर निन्दा एवं भत्र्सना (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका मेची–कोशी व्युरो इन्चार्ज अनुले बिहीबार एक विज्ञप्ति निकाली मेची–कोशी व्युरो सदस्य तथा उत्तरी मोरङ जिल्ला सेक्रेटरी दिपक राई ‘विकल्प’लाई सांगठनिक कामको क्रममा केराबारीस्थित स्थानीय जनताको घरमा बसिरहेको अवस्थामा अपराधीक शैलीमा केपी–पिके नेतृत्वको सामाजिक फासिवादी दलाल सरकारका रक्त पिपासु बादल गृह प्रशासनले गिरफ्तार गरी वेपत्ता बनाएकोप्रति कडा शब्दमा निन्दा एवं भत्र्सना गरेकी छिन् ।

व्युरो इन्चार्ज अनुले विज्ञप्तिमा भनेकी छिन्, ‘केपी-पिके नेतृत्वको सामाजिक फासिवादी दलाल सरकारका प्रहरीहरुले हाम्रो पार्टीका मेची–कोशी ब्युरो सदस्य एंव उत्तरी मोरङ्गका सेक्रेटरी दिपक राई क. बिकल्पलाई यही साउन ९ गते बिहीबार बिहान सांगठानिक कामको क्रममा केराबारी स्थित स्थानीय जनताको घरमा बसिरहेको अवस्थामा अपराधीक ढङ्गले गिरफ्तार गरी बेपत्ता बनाएको घटनाप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’

इन्चार्ज अनुले अगाडि विज्ञप्तिमा भनेकी छिन्, ‘यतिबेला केपी-पिके नेतृत्वको रक्त पिपाशु दलाल सरकार राष्ट्र र जनतामाथि चौतर्फी लुट मच्चाउदै छ । र यो रबैयाको बिरोध गर्ने, आवाज उठाउने जो कोही नागरिक विरुद्ध आफ्नो पासविक दमन थोपरिरहेको छ । हाम्रो पार्टीमाथि हत्या दमनको श्रिंखला बनाएरै अघि बढेको जनबिरोधी सरकारले पार्टीका नेता कार्यकर्ताको हत्या गर्ने, हत्याको सड्यन्त्र गर्दै हिड्ने, झुठा मुद्दा लगाएर गैरकानुनी रुपमा बन्दी बनाउने, जनतामा आतंक सिर्जना गर्ने जस्ता निकृष्ट र तुच्छ हर्कत प्रदर्शन गरिरहेको छ । हामी यसको कडा शब्दमा निन्दा एवं भत्र्सना गर्दै जनदमन विरुद्ध जनप्रतिरोध गर्ने चेतावनी दिन चाहान्छौं ।’

विज्ञप्तिको अन्त्यमा व्युरो इन्चार्ज अनुले भनेकी छिन्, ‘आफ्नो असफलतालाई ढाकछोप गर्न कहिले वार्ता–वार्ता भन्दै छटपटाउने, कहिले दमन हत्यामा उत्रीहाल्ने मानसिक असन्तुलन देखाइरहेको दलाल सरकार हाम्रो पार्टीको संयमता, योजनाबद्ध पहल, निरन्तर जनताको बीचमा बसेर गरिएको जनताको नेतृत्व र लोकप्रियताको अगाडि फिक्का र कमजोर देखिएको कुरा पछिल्ला गिरफ्तारी र उसका व्वहारहरुले सावित गरिदिएको छ । हामी गिरफ्तारी, हत्या र आतंकबाट थोरै पनि टसमस हुनेवाला छैनौं बरु अझ स्पातीलो भएर आन्दोलन अगाडि बढ्नेछ । हामी संम्बन्धीत पक्षसँग दिपक राई क. बिकल्प सहित गीरफ्तार सबै साथीहरुको तुरुन्त रिहाईको माग गर्दछौं । अन्यथा योजनाबद्ध प्रतिरोध गरिनेछ र यसले मेची–कोशीमा निम्त्याउने परिणामप्रति सरकार पक्ष नै जिम्मेवार बन्नु पर्नेछ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ साउन १० गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :