धनगढीमा सहादत राजेशको आज देशभर श्रद्धाञ्जली सभा कार्यक्रम गरिदै

काठमाडौं : गत बिहीबार साँझ कैलालीको धनगढी उप–महानगरपालिका सहिद गेट नजिकै पार्टी कामको शिलशिलामा आत्म सुरक्षाकालागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुँदा सहादत प्राप्त गर्नु भएका रामबहादुर सिंह ‘राजेश’लाई नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिका महान् सहिद घोषणा गरी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै आज (शुक्रबार) देशभर श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रमले परिवारजनप्रति समवेदना प्रकट गर्नुका साथै पार्टी र क्रान्तिप्रति प्रतिबद्ध भएर अगाडि बढ्न सबै नेता कार्यकर्तालाई बिशेश निर्देशनसमेत गरेको छ । पार्टीले यस अगाडि नै विस्फोटमा परी घाइते भएका सर्वसाधारण नागरिकहरुको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभुति व्यक्त गरेको छ भने घाइतेहरुको उचित उपचारको व्यवस्था पार्टीले गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेको छ । नेकपा केन्द्रीय कार्यालयले देशभर श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गर्न विशेष निर्देशन दिएको छ ।

२०७६ साउन १० गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :