निरकुमार राई ‘प्रशान्त’ को सम्झनामा

कविता

दाजु तपाईं साँच्चिकै “प्रशान्त” 
अँध्यारोमा उज्यालो दिने
गरिब, दीनदुःखीको मनमा
हाँसो ल्याउने तपाईं प्रशान्त
क्रान्तिको विगुल बजाउँदै
जनताको मन जित्न सफल तपाईं “प्रशान्त”
जता गए पनि जनताले त तपाईंलाई
“प्रशान्त” खोइ भनिरहेका छन्
तपाईंले बनाएका सङ्गठनहरूले
तपाईंलाई सपना÷विपना “प्रशान्त” भन्दैछन् !
दाजु !
तपाईं भौतिक शरिर
रगतले राताम्मे भएको जमिन
आज मातृभूमि नि रोएर भन्दैछिन्–
दाजु ! “प्रशान्त” उठ भनेर
तपाईं त दलाल र भ्रष्टाचारीलाई अन्त्य गर्न
एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर हिँडेको मान्छे
देशमा जनसत्ता हुनुपर्छ भन्नेहरूलाई
इन्काउन्टरका नाममा गोली हानी हत्या गरिएको छ
हिजो दसबर्से जनयुद्धका हजारौँ मोर्चाहरूमा
हजारौँ घाइते–अपाङ्गहरूलाई दुस्मनको घेराबाट
बाहिर निकाल्ने साहसी योद्धा तपाईं
आज खुलमखुला गोली हानी ढाल्यो
देश र जनताका लागि मर्छु भन्नुहुन्थ्यो
हाँसीहाँसी छातीमा गोली थाप्नुभयो
डराउनुभएन कत्ति
तपाईं मरेर गए पनि
सदा अमर रहिरहनु हुनेछ दाजु !

२०७६ साउन ९ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :