बाढीले बगाउँदा लमजुङमा चार जनाको मृत्यु, दर्जनबढी बेपत्ता


काठमाडौं : केही दिनदेखि जारी निरन्तर वर्षाका कारण लमजुङको दोर्दी खेलामा बुधबार अपरान्ह ४ बजेतिर आएको बाढीले बगाउँदा चार जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी वेपत्ता भएका छन् ।

दोर्दी गाउँपालिका ४ शेरापुलनजिकै २ जना र कीर्तिपुरबेसीमा दुइजनाको शव फेला परेको छ । उनीहरुको पहिचान हुन नसकेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए । मृत्यु हुने र बेपत्ता हुनेमा दोर्दी गाउँपालिका वडा नं. ६ ताँजेमा रहेको ५४ मेगावाट क्षमताको जलविद्युत आयोजनामा कार्यरत कामदार पनि रहेको हुनसक्ने अनुमान गरिएको छ ।

टनेलभित्र बाढी पसेपछि फसेका १७ मजदूरमध्ये १४ जनाको सकुशल उद्धार गरिएको आयोजनाका प्रवद्र्धक केशव रायमाझीले बताए । बाढीले आयोजनाको दुइवटा ओडर, दुइवटा ट्याक्टर, दुइवटा कम्प्रेसर र एउटा जेनेटरलगायतका सामग्री बगाएको बताए । बाढीले वितन्डा मच्चाएपछि धेरै जनधनको क्षति पुगेको स्थानीयहरुले बताएका छन् ।

२०७६ साउन ८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :