अपडेट : दोर्दी खोलामा बगेका चार मध्ये दुइको सनाखत, वेपत्ताको खोजीकार्य जारी


लमजुङ : लमजुङको दोर्दी खोलामा आएको बाढीले ज्यान गुमाएका ४ मध्ये २ को परिचय खुलेको छ । बाढीले बगाएर ल्याएका शव मध्ये पर्साका आन्दाजी २८ वर्षका शिवधन चौधरी र डडेलधुराका आन्दाजी ३४ वर्षका रमेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।

बुधबार दिउँसो एक्कासी आएको बाढीले जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरुलाई बगाएको थियो । चार जनाको शव फेला परे पनि अन्य सात जनाको अवस्था अज्ञात छ । मृतक र वेपत्ता सबै पुरुष हुन् ।

बाढीमा वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको डिएसपी गुरुङले बताए । मृत्यु भएका चारैजना दोर्दीखोलामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाका कामदार रहेको प्रहरीले बताएको छ । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार ३ जनाको शव नौथर शेरा र १ जनाको शव कीर्तिपुर बेंसीमा फेला परेको हो । घाइते ६ जना माथिल्लो दोर्दी ‘ए’ कै कामदार रहेका छन् । उनीहरुलाई उपचारकालागि बेंसीसहर पुर्याइएको छ ।

२०७६ साउन ९ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :