अविरल वर्षाका कारण बबई नदीमा ३ जना बगे, २ बेपत्ता


काठमाडौं : मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण बर्दियाको बबई नदीमा आएको बाढीले ३ जनालाई बगाएको छ । ३ जना मध्ये एक जनाको जिवितै उद्धार गरिएको छ भने २ जना बेपत्ता छन् । काठ संकलन गर्न गएका बेला उनीहरुलाई नदीले बगाएको हो । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी अविरल वर्षाका कारण हेटौंडा–१७ स्थित कर्रा खोलामा शिवम सिमेन्टको युपी ५६ टी ४०३९ नं.को भारतीय ट्रक कर्रा खोलामा डुबेको छ ।

त्यस्तै, मकवानपुरको हात्तीसुढेमा १० मिटर पहिरो खस्दा पूर्वी मकवानपुरको बाग्मती, बकैया गाउँपालिकाबाट सदरमुकाम जोड्ने बाटोसमेत अवरुद्ध भएको छ ।

२०७६ साउन ८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :