बुढितोलामा जिप दुर्घटना हुदा ६ जना घाईते

कैलाली : बुढितोला नजिकै जिप दुर्घटना हुदा ६ जना घाईते भएका छन् । बैतडीको पञ्चेश्वरबाट धनगढी तर्फ आउँदै गरेको से १ ज १०७८ नम्बरको बोलेरो जिप बुधबार बिहान करिव ८ बजेतिर बुढितोला नजिकै दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर बिष्टका अनुसार घाइते हुनेमा हजारी चन्द, दुर्गा चन्द, जनक चन्द, रमेश चन्द, शिव कडेल र यमकान्त भुषाल रहेका छन् । घाईते मध्ये एक जनाको अवस्था गम्भिर रहेको छ ।

२०७६ साउन ८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :