‘विप्लव भनेको आमूल क्रान्ति हो’

काठमाडौं : राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले आफूलाई सर्वहारा देखाउँदै अर्बपति हुने खेल हालका सत्तासीन राजनीतिक दलहरूले गरिरहेको बताएका छन् । हिजो जनयुद्धताका प्रचण्डको टाउकाको मूल्य ५० लाख तोकिएको तर गएको चुनावमा उनीहरुसँगै घाँटी जोडेर चुनाव लडेको भन्दै धनसम्पत्तिका लागि जे गर्न पनि तयार हुने प्रवृत्ति बढेको टिप्पणी केसीले गरे ।

एक अनलाइन टीभीसँगको अन्तर्वार्तामा राजनीतिक दलहरूको व्यवहारमाथि कटाक्ष गर्दै उनले भने, ‘कसैले राष्ट्रियताको मुद्दा ल्याउने र राष्ट्रियता नै बेच्ने, कसैले जनजातिको कुरा ल्याउने र जनजातिलाई नै बेच्ने, कसैले महिलाको कुरा ल्याउने र महिलालाई नै बजारमै पु¥याउने धन्दा चलेको छ ।’

सरकार र विप्लवबीच वार्ताको पहल गर्न प्रधानमन्त्रीसँग सबैभन्दा पहिले आफूले सुझाव दिएको उनले स्मरण गराए । त्यसपछि मात्र वार्ताको हल्ला आएको तर यही अवस्थामा वार्ता हुनसक्नेमा भने आफू विश्वस्त हुन नसकेको उनले बताए ।

‘केपी वलीसँग घाँटी जोडेर सर्वहाराको राज्य कायम हुन्छ यहाँ ?’, उनले प्रश्न गरे । देशलाई आमूल परिवर्तन दिनसक्ने ठूलो अवसरबाट प्रचण्ड चुकेको केसीले बताए । त्यो अवसर प्रचण्डले गुमाउँदा विप्लव जाग्नुपर्यो । विप्लव भनेको आमूल क्रान्ति हो तर आमूल परिवर्तनका लागि विप्लवका सामु भने ठूलो चुनौती रहेको पनि बताए । अहिले नै विप्लवबाट आमूल परिवर्तन हुन नसक्ने सङ्केत गर्दै भविष्यको परिवर्तनको वाहक विप्लव हुनसक्ने भविष्यवाणी गरे ।

यो देशले इमरान खान खोजिरहेको, त्यो विप्लव होस् वा अरू कोही होस्, एउटा असल व्यक्ति यो देशले खोजिरहेको उनले बताए ।

२०७६ साउन ८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :