नेकपाका नेता लामा नख्खु जेल चलान

काठमाडौं : नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई नख्खु कारागार चलान गरिएको छ । मंगलबार  जिल्ला अदालत ललितपुरमा भएको थुनछेक बहसपछि लामालाई पुर्पक्षका लागि नख्खु कारागार चलान गरिएको हो ।

शनिबार मध्यराति गिरफ्तार गरिएका नेता लामालाई सरकारले राजद्रोह तथा संगठित अपराधको मुद्दा दायर गरेको छ । लामाको पक्षबाट वरिष्ठ अधिवक्ताहरु एकराज भण्डारी र सुरेन्द्र भण्डारीले वहस गरेका थिए । लामालाई एनसेल वम विष्फोटको आरोपमा संगठित अपराध तथा संविधान विपरित गतिविधि गरेको भन्दै राजद्रोहको मुद्धा चलाएको छ । सोही मुद्दामा नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पनि नख्खु कारागारमै बन्दी बनाइएका छन् ।

यता मंगलबार नै नेकपाका महासचिव विप्लवले लोकप्रिय जनकलाकार लामा र जेलमा रहेका स्थायी समिति सदस्य सुदर्शन लगायत सबै राजबन्दीहरुलाई बिना सर्त ससम्मान रिहा नगरे योजनाबद्ध प्रतिरोध गर्ने चेतावनी सहितको विज्ञप्ति जारी गरेका छन् ।

२०७६ साउन ७ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :