गुल्मीको सत्यवतीमा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडाै : अविरल वर्षापछि गएकाे पहिराेमा परि गुल्मीको सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा  मृत्यु हुनेको संख्या १० पुगेको छ । जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर ४ मा ८ र ३ मा २ जनाको गरी मृत्यु हुनेको संख्या १० पुगेको हो ।

पहिरोमा घर पुरिँदा ७० वर्षीय छलि विक, ३२ वर्षीया निर्मला विक, २९ वर्षी पम्झा विक, १२ वर्षी अञ्जली विक, ९ वर्षीय तारा विक, ९ वर्षकी सिवानी विक, ५ वर्षीय हिमांशु विक र एक बालक गरी ८ जनाको मृत्यु भएको जनाएको छ ।

यस्तै सत्यवती गाउँपालिका–३ को दाङसिंगाको कसिङथलामा आमा र छोराको मृत्यु भएको छ । पहिरोले पुरेर ३० वर्षीय तिलकुमारी तरामु र उनका १० वर्षीय छोरा दर्शनको मृत्यु भएको हो । सत्यवती–३ कै सिङदीमा पहिरोमा परि २ जना बेपत्ता भएका छन् ।


२०७६ साउन ७ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :