नेकपाका नेता जीवन्त अदालतको आदेशमा रिहालगत्तै पुनः गिरफ्तार


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’लाई मंगलबार सर्वोच्च अदालतको आदेशमा रिहालगत्तै केपी–बादल गृह प्रशासनले पुनः गिरफ्तार गरेको छ ।

बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि मंगलबार भएको बहसपछि सर्वोच्च अदालतले नेता कार्कीलाई रिहा गर्न आदेश दिएको थियो । न्यायधिसद्धय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले नेता कार्कीलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको देखिएको भन्दै रिहा गर्न आदेश दिएको हो ।

यसअघि सुनसरी जिल्ला अदालतको आदेशमा रिहा भएका कार्कीलाई अदालत परिसरबाटै प्रहरीले पुन गिरफ्तार गरेपछि उहाँकी पत्नी मोहनमायाँ कार्कीले रिहाइको माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो । उक्त रिट निवेदनमाथिको बहस पैरवी पछि मंगलबार सर्वोच्च अदालतले चैत १ बाट नै निरन्तर प्रहरी हिरासतमा रहेका नेता कार्कीलाई पटकपटक बन्दीप्रत्यक्षीकरणको आदेश जारी भइसकेको अवस्थामा समेत पुनः पक्राउ गर्नु र हिरासतमा राख्नु गैरकानुनी रहेको जनाएको छ ।

रिट निवेदकका पक्षबाट अधिवक्ता कपिलचन्द्र पोख्रेल र लक्ष्मण थपलियाले बहस गर्नुभएको थियो ।

सर्वोच्च अदालतको आदेश पत्र ….

२०७६ साउन ७ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :