माल्कोट सल्लारुखलाई सलाम ! – २ : प्रकाण्ड, प्रवक्ता, नेकपा

prakandaजनयुद्धमा सहादत
१० वर्षको जनयुद्धमा ऐतिहासिक सल्लारूख बस्तीबाट उच्च तहबाट सहादत भयो । ०६० साल चैत ७ गते सम्पन्न म्याग्दी जिल्ला सदरमुकाम बेनी फौजी मोर्चामा युद्धमोर्चाको निर्णायक पहल आफैँ लिएर लड्दा जनमुक्ति सेनाका वीर, लडाकु र होनाहर ब्रिगेड सहकमान्डर क. योद्धा (अमरबहादुर विश्वकर्मा को सहादत भयो । ०५७ साल जेठ २ गते दङ्गा प्रहरीसँगको पहिलो मोर्चामा स्क्वायड कमान्डर क. कोपिला (सिंहबहादुर विश्वकर्मा को कालीकोटको मुम्रा गा.वि.स.मा सहादत भयो । ०५६ साल चैत २४ गते दैलेख जिल्ला नौमुले प्रहरी चौकीमाथि कारबाहीको मोर्चामा स्क्वायड सहकमान्डार क. सङ्घर्ष (पदमबहादुर विश्वकर्मा को सहादत भयो । ०५९ साल असोज १० गते पार्टी सदस्य क. सरल (जयबहादुर विश्वकर्मा को डोटी बीपीनगरमा शाहीसेनाको घेरामा परेर सहादत भयो । सल्लारूख बस्ती वीरता र विद्रोहको बस्ती मात्र नभएर उच्च स्तरबाट सहादत दिने बलिदानको बस्ती हो । यसकारण कम्युनिस्ट क्रान्तिकारी, प्रगतिशील र देशभक्त नेपालीका निम्ति सल्लारूख बस्ती क्रान्तिको आस्था र आदर्शको बस्ती बन्न पुग्यो ।
१० वर्षको जनयुद्धमा ३४ जना र ०७४ वैशाख ३१ गतेको प्रचण्ड सरकारको स्थानीय चुनावमा १ जना गरी ३५ जना नेता, कमान्डर, कार्यकर्ता र जनताले आफ्नो जीवन नेपाली क्रान्तिमा उत्सर्ग गरेको कालीकोटको माल्कोट गा.वि.स.ले सल्लारूखमा मात्र उच्च तहको जनसैन्य कमान्डरसहित ४ जनाको बलिदान ग¥यो । यातना, गाउँ आगजनी, लुटपाट, तोडफोड, गाउँबाट लखेटिने, अस्मिता लुटिने, जङ्गली राज्यआतङ्क त सल्लारूखका जनताको दैनिक जीवनजस्तो बन्यो ।
०६३ सालपछिको सङ्क्रमण कालमा भूमिका
सङ्क्रमणकालको ०६४ चैत २८ गतेको संविधानसभाको मोर्चामा सल्लारूख बस्ती शतप्रतिशत पार्टीका पक्षमा खडा भयो । सिङ्गो माल्कोट गा.वि.स. का ९५ प्रतिशत जनता पार्टीका पक्षमा उभिए ।
०६५ सालपछि प्रचण्डको विचलनका विरुद्ध पार्टी दुई लाइन सङ्घर्षमा यो बस्ती क्रान्तिकारी लाइनका पक्षमा उभियो । ०६९ असार २ गते प्रचण्डसँग विद्रोह गरी नेपाल कम्युनिस्ट पार्टी–माओवादी गठन भएपछि यहाँका जनता पार्टी र क्रान्तिका पक्षमा खडा भए ।
किरणले नेतृत्व गरेको ने.क.पा.–माओवादीमा दुई लाइन सङ्घर्ष चलेपछि सल्लारूख र माल्कोटका जनताले क्रान्तिकारी धारको पक्षपोषण गरे । किरणसँग सम्बन्धविच्छेद गरी क. विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी माओवादी गठन हुँदा यहाँका जनता ने.क.पा.माओवादीका पक्षधर भए ।
माओवादी आन्दोलनको ०६३ सालपछिको यात्रामा माओवादी पार्टी र आन्दोलनको जीवनमा आएका दक्षिणपन्थी भड्कावका विरुद्ध मालेमावादी विचार, क्रान्तिकारी कार्यदिशा र क्रान्तिकारी नेतृत्वको बलियो जनाधारका रूपमा सल्लारूख बस्ती अडिग भैरह्यो ।
प्रतिगामी दोस्रो संविधानसभाको चुनाव
किरण अध्यक्ष भएको नेपाल कम्युनिस्ट पार्टी– माओवादीले कथित दोस्रो संविधानसभाको चुनावलाई साम्राज्यवादीहरूले डिजाइन गरेको, यो देशका नयाँ र पुराना दलालहरूले ल्याप्चे ठोकेको, राष्ट्रघाती, प्रतिगामी र जनविरोधी चुनाव हो भन्ने निष्कर्षसहित सशक्त बहिष्कार गर्ने नीति अगाडि सा¥यो । नेतृत्वको अकर्मण्यता र पार्टी अन्तरसङ्घर्षका कारण बहिष्कार कार्यक्रमको कार्यान्वयन पार्टीनीति, पार्टीको भूमिका र जनचाहनामुताबिक लागू हुन सकेन । बहिष्कारका क्रममा जति उपलब्धि भयो त्यो बेलाको सापेक्षतामा महत्वपूर्ण नै रह्यो ।
पार्टीको बहिस्कार नीतिलाई सम्प्रेषण गर्ने, स्पष्टता ल्याउने र जनतालाई बहिष्कार आन्दोलनमा प्रभावकारी परिचालन गर्ने सवालमा पार्टीमा रहेका सीमाका बीचबाट सल्लारूखका जनता बहिष्कारका पक्षमा खडा भए । माल्कोटका जनताले पार्टीको बहिष्कार कार्यक्रममा आफ्नो पूर्ण पक्षधरता जनाए ।
स्थानीय चुनाव खारेजीको पार्टी नीति र माल्कोटको मतदान केन्द्र कब्जा
क) राजनीतिक तयारी
माल्कोट गाउँ पार्टी कमिटीलाई पार्टीको स्थानीय चुनाव खारेजीको नीति र कार्यक्रमबारे स्पष्टता ल्याउने कार्य प्राथमिकतामा राखी स्पन्न भयो । माल्कोट गाउँको सेरापाटा माविको मतदान केन्द्रमा शून्य भोट गर्ने योजनाको लक्ष्य निर्धारण भयो । यो लक्ष्यका निम्ति पार्टीपङ्क्तिलाई तयारी अवस्थामा राख्ने कार्य सम्पन्न भयो ।
ख) जनताको तयारी र परिचालन
माल्कोट गाउँका सबै जनतामा चुनाव खारेजी र जनप्रतिरोधको कार्यक्रमलाई व्यापक र जोडतोडले लग्ने कार्य सम्पन्न हँुदै गए । अन्य पार्टीसँग आबद्ध जनतासँग पनि पार्टीनीति र कार्यक्रमबारे व्यापक बहस, सम्प्रेषण र खारेजी गर्न सहमत गराउने अभियान सञ्चालन भयो । सबै जनता सहमत हुँदै जाने स्थिति पैदा भयो । हाम्रो पार्टीको खारेजी अभियान र गतिविधि पूरै हाबी हुँदै गयो । आमजनतामा सेरापाटा मतदान केन्द्रमा मत खस्दैनन् भन्ने धारणा व्यापक हुँदै गयो । यसबाट सबैभन्दा बढी छटपटाहट माओवादी केन्द्रलाई भएको थियो । जनतासँग एकाकार हुने र जनताको साथ लिने विचारअनुसार पार्टीले जनतासँगै रहेर जनताको निरन्तर नेतृत्व गरिरह्यो । वैशाख ३१ गते मतदान हुने दिन बेलुकी ५ बजेसम्म यो कार्य तीव्रतामा जारी राख्ने स्पिरिटअनुसार अगाडि बढ्यो ।
माल्कोट गा.वि.स.को वडा नं.४ सल्लारूखको समग्र बस्ती पार्टीको चुनाव खारेजी अभियानका पक्षमा सिल भयो । कुनै पनि संसद्वादी राजनीतिक पार्टीको चुनाव प्रचारप्रसार जनताले नै सल्लारूख बस्तीमा निषेध ग¥यो । यो गाउँका जनताको विशेषता के रह्यो भने जनता नै टिम बनाएर अरू टोलमा जनतालाई चुनाव खारेजीमा लगाउन क्रियाशील भयो । चुनाव खारेजीमा जनताको परिचालन गर्ने नीतिको नयाँ अभ्यास भयो ।
ग) युवा परिचालन
समाजका युवाहरू सङ्गठित रूपमा चुनाव खारेजी र जनप्रतिरोध अभियानमा परिचालित भए । जनतालाई विश्वस्त र उत्साहित बनाउन युवा परिचालनले महत्वपूर्ण भूमिका निर्वाह ग¥यो ।
घ) संयुक्त मोर्चा निर्माण
पार्टीको चुनाव खारेजी तथा जनप्रतिरोध अभियानलाई समर्थन र सहयोग गर्न एमाले, काङ्ग्रेस, राप्रपा र माओवादी केन्द्रसँग छलफल र प्रस्ताव भयो । एमाले, काङ्ग्रेस र राप्रपाका स्थानीय कार्यकर्ताको सकारात्मक धारणा रह्यो । उहाँहरूले भन्नुभयो, ‘नेपाल कम्युनिस्ट पार्टीको विचार, राजनीतिक कार्यक्रम र चुनावसम्बन्धी नीति ठीक छ । चुनाव खारेजीको विषय स्थानीय र जिल्लाको विषय मात्रै नभएर यो राष्ट्रिय विषय हो । यो नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय नेतृत्वको विषय हो । त्यसैले यो हाम्रो सरोकारको विषय पनि हो । हामी माल्कोटमा नेतृत्व र नेपाल कम्युनिस्ट पार्टीलाई सहयोग गर्छौं । हामी मतदान गर्दैनौँ भन्नुभयो । शून्य भोट नहुने स्थितिमा हामीलाई मतदान गर्न दिनुहोला । दुःख नमाल्नुहोला भनी उहाँहरूले भन्नुभयो ।
माओवादी केन्द्रका विष्णु वि.क., जग्गु वि.क. र पौराम वि.क. पूर्वाग्रही, प्रतिशोधी र दुस्मनीपूर्ण रूपमा यो प्रस्तावका विरुद्धमा गए । उनीहरू हामी सुरक्षा शक्तिको बलमा भए पनि मतदान गर्छौं भनेर आए । यसले के प्रस्ट भयो भने माओवादी केन्द्रका माल्कोटका उपरोक्त मान्छेहरू दलाल पुँजीपति वर्गको जनविरोधी संसदीय व्यवस्थाका कट्टर एजेन्ट बनेर आएका रहेछन् । जनताले यिनीहरूका बारेमा यतिसम्म सोचेका थिएनन् । यो स्थानीय चुनावको प्रमुख ठेकेदार कहलिएको प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको नेपाल कम्युनिस्ट पार्टी र यसले लिएको स्थानीय चुनाव खारेजी कार्यक्रमप्रतिको दृष्टिकोण, नीति र व्यवहारको तथ्यगत पुष्टि थियो ।
ङ) जनप्रतिरोध
जनपहलकदमीबाट माल्कोट निर्वाचन निषेधित क्षेत्र घोषणा भयो । निषेधित क्षेत्रका ब्यानर टाँसिए । प्रचारप्रसार घनीभूत भए ।
सेरापाटा मतदान केन्द्रमा मत नखस्ने र निर्वाचन नहुने भन्ने वातावरण खडा भयो । निर्वाचन टोली पनि निर्वाचन गराउन सकिँदैन भन्ने अवस्थामा पुग्ने वातावरण तयार भयो ।
वैशाख २९ गते राति जनताको व्यापक सहभागिता विशाल मशालजुलुस सम्पन्न भयो । त्यसले चुनाव खारेजी अभियानको वातावरण ततायो । वैशाख ३० गते राति मतदान केन्द्र वरिपरि बमबारी भयो । त्यसले निर्वाचन टोलीको क्याम्प र दलाल तत्वहरूमा आतङ्क खडा ग¥यो । चुनाव खारेजी र जनप्रतिरोध अभियानमा लागिपरेको पार्टी र जनपङ्क्तिमा उत्साह पैदा गरायो ।
च) कार्यशैली
पार्टी कार्यदिशाद्वारा निर्देशित स्थानीय चुनाव खारेजी र जनप्रतिरोध अभियान लागू गर्ने क्रममा आवश्यक पर्ने कार्यशैलीको विकास गर्नु कार्यशैलीको प्रश्न थियो । हाम्रो कार्यदिशामुताबिक जनतासँग एकाकार होऊ, जनतामा सुरक्षा खोज, जनताको नेतृत्व गर, जनताको व्यवस्थापनमा बस र दुस्मनका सबै षड्यन्त्रलाई असफल गर्न क्रान्तिकारी शैलीको विकास गर भन्ने मान्यताको विकास र प्रयोग भयो । यस कार्यशैलीले हाम्रो पार्टीलाई जनताबाट अलगथलग पारेर आफ्नो रणनीति पूरा गर्ने दुस्मनको दाउलाई पूरै असफल पा¥यो । यो कार्यशैली कुरा एकीकृत जनक्रान्तिको गर्ने, कार्यशैली दीर्घकालीन जनयुद्धको छापामार अपनाउने भडुवा कार्यशैलीका विरुद्धमा थियो । यो कार्यशैली जनताबाट कटेर एकान्त बास बस्ने, फोन बन्द गरी बस्ने वा जङ्गलमा बस्ने आत्मरक्षावादी कार्यशैलीका विरुद्धमा क्रान्तिकारी कार्यशैली थियो ।
खारेजी र मतदानको गम्भीर सङ्क्रमणमा सेरापाटा मतदान केन्द्र
वैशाख ३१ गते बिहान ७ः०० बजेबाट मतदानप्रक्रिया सुरु हुने र ५ः०० बजे अन्त्य हुने समय प्रचण्ड सरकारको निर्वाचन आयोगले तोकेको थियो । यो मतदान केन्द्रमा बडो उदाहरणीय कुरा के भयो भने बिहान ७ः०० बजे मतदान प्रक्रिया सुरु हुने समय बितेर ९ः०० बजिसक्यो, कुनै १ जना मतदाता पनि मतदान केन्द्रमा मतदान गर्न गएनन् । मतदानको २ घन्टा समय बितिसक्दासम्म एउटा पनि भोट नखस्ने अवस्था माओवादी केन्द्रका उल्लिखित स्थानीय लठैतहरूलाई सबभन्दा बढी टाउकोदुखाइको विषय बन्यो । अरू सबै दलहरू नकारात्मक थिएनन् ।
बिहान ९ः३० बजे माओवादी केन्द्रका मान्छेहरूले सुरक्षा शक्तिको आडमा टोलबाट जनतालाई ल्याएर भोट हाल्न लगाउन थाले । सुरक्षा फौजले जनतालाई भोट हाल्न बाध्य पार्न थाल्यो । गाउँमा आतङ्क मच्चाए । शान्तिपूर्ण ढङ्गले स्थानीय चुनावको खारेजी गर्ने र भाग लिने जनताको स्वनिर्णयको राजनीतिक स्वतन्त्रता र अधिकारमाथि माओवादीका स्थानीय मान्छेहरू, निर्वाचन टोली र खटिएको सुरक्षा शक्तिले जब प्रचण्ड सरकारको आडमा हस्तक्षेप गर्न थाल्यो तब अशान्ति निम्तियो । यो राज्यआतङ्क र दमनले माल्कोटका जनतामा आक्रोश पैदा ग¥यो । सयौँ युवाहरूले आफ्नो स्वाभिमानमाथि हमला भएको महसुस गरे । यसको चर्को महसुस त सल्लारूखका जनता र युवाहरूलाई भयो । एमाले, काङ्ग्रेस र राप्रपाका कार्यकर्ता पनि आक्रोशित भए । नेपाल कम्युनिस्ट पार्टीले हामीलाई शून्य मत हुन्छ भनेर रोक्ने, माओवादी केन्द्रलाई मतदान गर्न दिएर हामीलाई धोका दिएको त होइन भन्ने प्रश्न उठाउन थाले । तर यो वास्तविकता थिएन । वास्तविकता त माओवादी केन्द्र, निर्वाचन टोली र सुरक्षा शक्तिको गठजोडमा भएको शान्तिपूर्ण अवस्थालाई भाँड्ने षड्यन्त्र थियो । यो हर्कत नेपाल कम्युनिस्ट पार्टीलाई झनै सह्य हुने कुरा थिएन ।
दिउँसो २ बजेबाट मतदान केन्द्र खाली हुन थाल्यो । माओवादी केन्द्रका मान्छेले चुनाव खारेज गरेका जनताका नाममा फर्जी मतदान पनि गरे । सल्लारूख बस्तीका युवा र जनता मतदान केन्द्रमा गएर माओवादी केन्द्रका विष्णु वि.क., जग्गु वि.क. र पौराम वि.क.लाई भने, हामी खारेजी गर्ने जनताका नाममा फर्जी भोट किन हाल्यौ ? माओवादी केन्द्रका मान्छेले विवाद गरे । यो विवादमा सुरक्षाको जिम्मा लिएको प्रहरीले लाठी चार्ज गरी कुटपिट गर्न थाल्यो । प्रहरी र जनताका बीचमा विवाद हुँदा सुरक्षाको मुख्य कमान्डर सईले आफँै गोली चलायो । यति बेलासम्म दिउँसको ४ः०० बजिसकेको थियो । पहिलो युवालाई ताकेको हतियार छेक्न जाँदा राप्रपाका वडा अध्यक्षका उम्मेदार धनरूप बटालालाई पेटमा गोली हान्यो । धनरूपलाई बचाउन रणबहादुर बटाला जाँदा उहाँलाई पनि साँप्रामा गोली हान्यो । उहाँलाई बचाउन बमबहादुर वि.क. जाँदा उहाँलाई खुट्टामा गोली हान्यो । तीनजना घाइतेलाई बचाउन जाँदा कुलबहादुर बटालालाई घुँडामा गोली हानी घाइते बनायो । यसरी हेर्दाहेर्दै ४ जनालाई ढाल्यो । रगतको खोलो बग्यो । धनरूप र रणबहादुर बटालाको स्थिति गम्भीर भयो ।
मतदान केन्द्रको सुरक्षामा खटिएको प्रहरीले जनतामाथि गोली चलाएर चारचारजना घाइते, मतदानकेन्द्र रगतको पोखरीमा परिणत र दर्जनौँ जनतालाई चोटपटक लागेपछि चरम आक्रोशित बन्न पुगेका जनता र युवाहरूले प्रहरीले गोली चलाएर मान्छे ढाल्यो । सबै जनता आऊ भनेर गाउँका जनतालाई आह्वान ग¥यो । सल्लारूखका जनता र युवाहरूको अगुवाइमा माल्कोटका जनताले लाठी, आँसी, खुकुरी, ढुङ्गामुढा लिएर मतदान केन्द्रमाथि धावा बोले । जनताले नेपाली सेनालाई अपिल गरे, माओवादी केन्द्र, मतदान टोली र प्रहरीको गठजोडमा हाम्रो नाममा फर्जी भोट हालेर हामीलाई नै गोली हानेपछि हाम्रो यो लडाइँ मतदान टोली, प्रहरी र फर्जीभोट हाल्ने दलालविरुद्ध हो । तपाईंहरू नेपाली सेनासँग हाम्रो सद्भाव छ । केही दुस्मनी छैन । हामी तपाईंहरूसँग लड्न आएका होइनौँ । हामीलाई गोली नहान्नुहोला भनेपछि नेपाली सेनालाई जनताको अपिलले सोच्नैपर्ने स्थिति बनायो । सेनाले गोली चलाएन ।
मतदान केन्द्रमा जनताको भीषण हमला हुँदा माओवादी केन्द्रका स्थानीय पशुहरू बेपत्ता भए । मतदान टोली र प्रहरी मतपेटिका लिएर विद्यालयको कोठाभित्र पसे । जनताले त्यो कोठालाई घेरा हालेर आक्रमण गर्न थाले । जनताले भने हाम्रो नाममा फर्जी भोट हालेका मतपेटिका हामीलाई बुझाऊ, नत्र भने ०५४ साल चैत २६ गतेको घटनामा चिउरी मेलाको ओढारमा खरले आगो लगाएझैँ लगाउँछौँ भनेर जनताले काशन गर्दा मतपेटिकासंगै एउटै कोठामा भएको मतदान टोली र सुरक्षा टोलीले जनतालाई मतपेटिका बुझायो । जनताले मतपेटिकालाई मतदान केन्द्रको चौरमा ल्याएर आगो लगाई ध्वस्त गरे । जनता मतपेटिका जलाउन थालेको अवस्थामा जनताको घेराबन्दी आफू थुनिएको कोठामा पातलो भएको देखेपछि मतदान टोली र प्रहरीले भाग्ने दुस्साहस गरे । त्यो बेला जनताले १ किलोमिटर ढेडुवा लेखेटेझैँ लखेटे । माल्कोट सेरापाटा मा.वि.को मतदान केन्द्र माल्कोटका पैकेला जनताको नियन्त्रणमा आयो ।
माल्कोट सेरापाटा मतदान केन्द्र माल्कोटका जनता र नेपाल कम्युनिस्ट पार्टीको नियन्त्रण एवम् प्रभावमा तब मात्र आयो जब पार्टी र जनता एकीकृत जनक्रान्तिको कार्यदिशाबाट निर्देशित भयो । पार्टीको स्थानीय चुनाव खारेजी र जनप्रतिरोध अभियानलाई स्थायीय पार्टी र जनताले गम्भीरताका साथ आत्मसाथ ग¥यो । पार्टी केन्द्रीय कार्यालयले प्रत्यक्ष योजना, निर्देशन एवम् परिचालन ग¥यो । चुनाव खारेजी र जनप्रतिरोध अभियानको लक्ष पूरा गर्न स्थानीय पार्टी र जनताको समर्पण तथा बलिदानीभाव उच्च रह्यो ।
शव र घाइतेको व्यवस्थापन
मतदान केन्द्र कब्जा गरिसकेपछि घाइतेहरूको उपचार र व्यवस्थापन प्रमुख कार्य बन्न गयो । धनरूप बटालाको स्थिति चिन्ताजनक थियो । त्यति बेलासम्म राति ८ बजिसकेको थियो । बिरामीको स्थितिलाई दृष्टिगत गरी पार्टी केन्द्रीय कार्यालयबाट सेनाको नाइट भिजन हेलिक्याप्टरका लागि पहल भयो । पहिलो कुराकानीमा
सेनाको सकारात्मक नै थियो । सायद पछि फिल्डको रिपोर्ट खराब मान्छेले नकारात्मक गरेर होला, नेपाली सेनाको सम्पर्क निकाय सम्पर्कविहीन भयो । यसले सेनाको हेलिकोप्टर जाँदैन भन्ने प्रस्ट भयो । घाइतेको ठाउँबाट हेलिकोप्टर कति खेर आउँछ भनेर ताकेता छिनछिनमा लागिरहेको छ । पछि हामीले भन्यौँ सेना हेलिकोप्टर नपठाउने भयो । निजी क्षेत्रको नाइट भिजन छैन । भोलि बिहान पठाउँछौँ, स्थानीय स्वास्थ्यकर्मीबाट उपचार गराउँदै भोलि बिहान ७ः०० बजेसम्म बचाउनुहोस् । बिहान ७ बजे निजी हेलिकोप्टर माल्कोट पु¥यायौँ तर राज्यले अवरतण गर्न दिएन । त्यो हेलिकोप्टर फिर्ता भयो । ३१ गते राति २ बजे नै गम्भीर घाइते धनरूप बटालाको मृत्यु भइसकेको थियो ।
जेठ १ गते बिहान नौ बजे नेपाली सेनाको हेलिकोप्टरले धनरूप बटालाको लास र ३ जना घाइते सदरमुकाम मान्म लग्यो । घटनापछि जिल्ला प्रशासन कार्यालयमा माओवादी केन्द्रबाहेकका राजनीतिक दललाई बैठक बस्न लगाएर मृतकलाई सहिद घोषणा, आफन्तलाई १० लाख राहत, हत्यारालाई कारबाही, लास आफन्तलाई हस्तान्तरण गर्न हेलिकोप्टरबाट लगेर माल्कोट गाउँमै बुझाउनुपर्ने र माल्कोटमा केन्द्रित गरेको सुरक्षा शक्ति सबै फिर्ता बोलाई प्रशासनले शान्तिपूर्ण वातावरण बनाउनुपर्ने निर्णय गरेपछि बिरामीलाई सेनाको हेलिकोप्टरले सुर्खेत ल्याउने व्यवस्था भयो । मान्मबाट जेठ ३ गते हेलिकोप्टरबाट शव माल्कोट आफन्तलाई बुझाउने व्यवस्था गरी माल्कोट लगेर सोही दिन अन्त्येष्टि सम्पन्न भयो ।
सुर्खेत उपचारका निम्ति ल्याएका बिरामीको अवस्था जाँच गराउँदा २ जना बमबहादुर विक र कुलबहादुर बटालाको सुर्खेत क्षेत्रीय अस्पतालमा उपचार सम्भव भएकाले त्यहीँ उपचारको व्यवस्था गरी हाल सन्चो भएर घर फर्किसक्नुभयो । दानबहादुर बटालाको केस त्यहाँ नहुने भएकाले रिफर गराई सुर्खेतबाट नेपालगन्ज हुँदै काठमाडौँ ल्याएर हाल उपचार चलिराखेको छ । उहाँ खतरामुक्त हुनुभएको छ । अब केही दिनमा डिस्चार्ज हुँदै हुनुहुन्छ । यसको सम्पूर्ण पहल र व्यवस्था केन्द्रीय कार्यालयबाट सम्पन्न भयो ।
जेठ ७ गते पुनः निर्वाचन घोषणा
पुनः निर्वाचन गराउन राज्यले ठूलो सङ्ख्यामा सुरक्षा शक्ति तैनाथ ग¥यो । ५० जना सेना, ५० जना सशस्त्र प्रहरी र १५० जना प्रहरी र म्यादी प्रहरी गरी २५० जनाको शक्ति केन्द्रित ग¥यो । यति शक्ति केन्द्रित गरेर पनि पुनः निर्वाचन गराउन राज्य प्रशासनलाई बच्छ्युँको गोला भएको थियो ।
दोस्रो चरणको चुनावमा हामीले नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट जिल्ला प्रशासन र जिल्लाका राजनीतिक पार्टीमाथि के हस्तक्षेप ग¥यौँ भने ठूलो सैन्य शक्ति माल्कोटमा केन्द्रित गरी जनतालाई आतङ्कित पारेर दमन गर्न नपाइने, मतदान टोली र सानो सुरक्षा शक्ति मात्र पठाउने, मतदान टोली र सुरक्षा शक्ति मतदान केन्द्रको आफ्नो हाताभन्दा बाहिर गतिविधि गर्न नपाउने र हाम्रो पार्टी र संसद्वादी दलहरू आआफ्नो कार्यक्रम लिएर जनतामा बिनाकुनै प्रशासनिक अवरोध जान पाउने सहमति भयो । यति सहमति भएपछि दोस्रो चरणमा पूरै जनतालाई परिचालन गर्न पार्टीलाई धेरै सहज भयो । वैशाख ३१ गते चुनावमा जनतालाई प्रशिक्षित र परिचालन गर्ने सवालमा सुरक्षा शक्तिको दमनले कमजोर परेको पहल दोस्रो चरणको निर्वाचनमा लिन अनुकूल वातावरण बन्यो । पार्टीले थप पहल लियो । माल्कोटमा एमाले, काङ्ग्रेस र राप्रपासँगको समझदारी नयाँ स्तरबाट अगाडि बढ्यो ।
दोस्रो चरणको जेठ ७ गतेको निर्वाचनको दिन बिहान ९ः३० बजेसम्म कुनै पनि जनता मतदान केन्द्रमा उपस्थित भएनन् । यसबाट आतङ्कित हुन पुगेका माओवादी केन्द्रका उल्लिखित मान्छेहरूले आफ्नो जिल्लाका नेतालाई भने– नेपाल कम्युनिस्ट पार्टीले मतदान गर्न आएका जनतालाई बल प्रयोग गरेर आतङ्कित पार्दै बाटोबाटोमा रोकी अवरोध गरेको छ । जिल्लाका नेताले प्रधानमन्त्री प्रचण्डलाई र प्रचण्डले गृहमन्त्री विमलेन्द्र निधिलाई भनेपछि केन्द्रको सीधा निर्देशनमा माल्कोटमा पूर्वतैनाथ गरेको २५० जनाको सुरक्षा शक्ति गाउँ र गोठमा अप्रेसन गर्न थाल्यो । जनतालाई मत हाल्न भनेर बल प्रयोग गर्न थाल्यो । गाउँमा आतङ्क सिर्जना गर्न थाल्यो, नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई गाउँबाटै लखेट्न सुरु ग¥यो ।
यतिबेलासम्म दिनको १ः०० बजिसकेको थियो । जिल्ला प्रशासनले पहिले गरेको समझदारी तोडी गाउँमा दमन गर्न थालेपछि पार्टी केन्द्रीय कार्यालयबाट सुरक्षा शक्तिको दमन र अप्रेसन तुरुन्त रोकिएन र सुरक्षा शक्ति माल्कोटबाट तुरुन्त फिर्ता गरिएन भने ३१ गतेको भन्दा ठूलो जनप्रतिरोध सुरु गर्छौं । त्यसको जिम्मेवार जिल्ला प्रशासन हुनुपर्छ भन्ने कडा हस्तक्षेप गरेपछि तत्काल जिल्ला सुरक्षा समितिको बैठक बसी सुरक्षा शक्ति फिर्ता गर्न र जति भोट खसेका छन् त्यहीँ सिल गरी निर्वाचन टोली फिर्ता हुन निर्णय र निर्देशन ग¥यो । २ः३० बजे सुरक्षा शक्ति माल्कोटबाट पछि हट्यो । मतदान टोली पनि झोलीतुम्बा बोकी हिँड्यो । जेठ ७ गतेको प्रचण्ड सरकारको चुनावको पनि प्रहसन भयो ।
पार्टीको चुनाव खारेजी अभियानको क्रममा कालीकोट जिल्लाको रास्कोट पुछ्रेगाउँमा वैशाख २३ गते दिउँसो पार्टी ब्युरो सदस्य क.विराटको छोराको विवाह भोजमा माओवादी केन्द्रको स्थानीय सुराकीको सुचनामा पार्टी नेता कार्यकर्तालाई गिरप्तार गर्न आएको प्रहरीको ४०÷५० जनाको शक्तिसँग झडप हुँदा पार्टी र जनताले प्रहरीलाई त्यहाँबाट लखेटे । सुरक्षा शक्तिको भागाभाग भयो ।
वैशाख २८ गते राति सिपखाना माथिल्लो कोलीगाउँमा जनतालाई रुपैयाँ बाँड्न आएका संसद्वादी दललाई जनता र पार्टीले लखेटे ।
मुम्रा गा.वि.स.मा जनता र पार्टीले आफ्नो जनाधार टोललाई चुनाव निषेधित क्षेत्र घोषणा ग¥यो । संसद्वादी दलहरूले पार्टी समर्थक जनतालाई प्रलोभनमा पारेर वा झुक्याएर भोट हाल्न लगेका जनतालाई मतदान केन्द्रको लामबाट थुतेर फिर्ता ल्याए । मतदान टोली र संसद्वादी दल त हेरेको हे¥यै भए । मतदान केन्द्रमा स्वस्तिक चिह्न झिकेर फ्याँकिदिए ।
निष्कर्ष
वीर, विद्रोही, लडाकु र क्रान्तिकारी माल्कोटका जनता र पार्टीले प्रचण्ड सरकारको कथित स्थानीय चुनावको सेरापाटा माविस्थित मतदान केन्द्रमाथि जनकारबाही गरी कब्जामा लियो । यो साहसिक जनकारबाही माल्कोट गाउँ र कालीकोट जिल्लाको इतिहासमा ०५४ साल चैत २६ गते माल्कोटमा पार्टी र जनतालाई दमन गर्न आएको सशस्त्र प्रहरी जत्था माथि माल्कोटका जनताले बहादुरीका साथ जनहतियार प्रयोग गरी प्रतिरोध गरेर निःशस्त्र जनताले सशस्त्र प्रहरी फोर्सको हतियार कब्जा गरी पार्टीलाई बुझाएको ऐतिहासिक र महान् कारबाहीको उच्च प्रतिनिधित्व गर्ने गुणात्मक जनकारबाही हो । यो सङ्घर्षको मोर्चा हाम्रो पार्टीको “एकिकृत जन क्रान्ति” को कार्यदिशाद्वारा निर्देशित मोर्चा हो । तसर्थ यो बहुआयामिक विशेषतायुक्त नयाँ क्रान्तिको मोर्चा हो । त्यस अर्थमा ०५४ चैत २६ को मोर्चाभन्दा विकसित मोर्चा हो किनकि ०५४ को मोर्चा त्यो बेलाको पार्टीको दीर्घकालीन जनयुद्धको कार्यदिशाद्वारा निर्देशित थियो । माल्कोट सेरापाटा मोर्चा पार्टीको स्थानीय चुनाव खारेजी र जनप्रतिरोध अभियानको नीति र कार्यक्रमद्वारा निर्देशित भएको थियो । यो मोर्चा पार्टीको स्थानीय चुनाव खारेजी र जनप्रतिरोध अभियानका विरुद्ध प्रचण्ड सरकारको देशव्यापी दमन, राजनीतिक षड्यन्त्र, अफवाह, सयौँको सङ्ख्यामा पार्टी नेता, कार्यकर्ता र जनताको गिरफ्तारी, झूट्टामुद्दा, जेल चलान र माओवादी केन्द्रको सुराकीका विरुद्ध जबाफी मोर्चा हो । माल्कोटका जनताको लडाइँ राष्ट्रिय मुक्ति र वर्गीय मुक्तिको प्रतिनिधिमूलक लडाइँ हो । यो लडाइँ दलाल पुँजीपति वर्ग, त्यसको राज्यसत्ता र शासन व्यवस्थाका विरुद्ध श्रमजीवी जनताको विद्रोहको लडाइँ हो । तसर्थ यो मोर्चा नेपाली सर्वहारा वर्ग र विश्व सर्वहारा वर्गका निम्ति गौरवपूर्ण र प्रेरणादायी मोर्चा हो । यो मोर्चा हाम्रो पार्टीको कार्यदिशालाई चुनौती दिने, पार्टी कार्यदिशा लागू गर्न जनताले साथ दिँदैनन् र नेतासँग कार्यकर्ता र जनता छैन भनी गोयबल्स शैलीमा प्रचार गर्ने देशीविदेशी प्रतिक्रियावादीहरू, नव र पुराना संशोधनवादीहरू र छद्म अवसरवादीहरूलाई टाउको फुट्ने गरी जबाफ दिने सफल मोर्चा हो । यो मोर्चालाई आदर्श बनाउनु, यसको रक्षा गर्नु र यसलाई विस्तार गर्नु सबै क्रान्तिकारी कम्युनिस्ट, प्रगतिशील शक्ति, सच्चा गणतन्त्रवादी र राष्ट्रवादी शक्तिको अहम् दायित्व हुन आएको छ ।
कथित स्थानीय चुनाव खारेजी र जनप्रतिरोध अभियानका क्रममा हाम्रो पार्टीको नेतृत्वमा देशभर सञ्चालन गरिएका र सम्पन्न भएका सयौँ कारबाहीहरूको केन्द्रीकृत रूपमा प्रतिनिधित्व गर्ने महान् जनकारबाही हो । यसले देशका दलाल तथा राष्ट्रघाती तत्वहरूलाई आतङ्कित पारेको छ भने सर्वहारा वर्ग, नेपाली श्रमजीवी जनता, पार्टीपङ्क्ति, प्रगतिशील र देशभक्त शक्तिको छाती फुलाएको छ, शिर ठाडो बनाएको छ । यसले पार्टीको उचाइ बढाएको छ, जुझारु सन्देश प्रवाह गरेको छ, छवि बढाएको छ । जनतालाई उत्साहित र आशावादी बनाएको छ । यसर्थ माल्कोट जनकारबाहीको मोर्चा, मोर्चामा विजय हासिल गर्ने माल्कोटी जनता र त्यसको नेतृत्व गर्ने सल्लारूख बस्तीका महान् र आदरणीय जनतालाई लालसलाम ! लालसलाम !! लालसलाम !!!
समाप्त

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :