मर्कन्टाइलमा दलालको विगविगी

MARSHANTFIL (1)भिमबहादुर खड्का/ चितवन, आसार ७, तत्कालिन नेकपा (माओवादी) पार्टीले जनयुद्धको क्रममा देशगरी सामन्त, महाजनले अन्यायपूर्ण तरिकाले शोषण गरी कमाएको धनसम्पत्तिलाई कब्जा गर्ने महाअभियान अन्तर्गत चितवन, खैरहनी–१२ (साविक कुमरोज) मा पर्ने मकनर््टाइलका सामान्त स्वर्गीय गोपाल राजभण्डारीको नाममा रहेको १०४ विघा जग्गा पार्टीले झण्डा गाडेर आफ्नो नियन्त्रणमा लिएको थियो । २०६३ सालको शान्ति प्रकृयापश्चात नेकपा (माओवादी केन्द्र) का नेता नारायण दाहालले मोटो रकम लिई सो जग्गा फिर्ता गरिएको सो जग्गाका धनी राजिव राजभण्डारीले रातोखबरका प्रतिनिधिलाई बताएका थिए भने नेकपा (माओवादी) का तत्कालिन सेक्रेटरी महेशले एक पे्रस विज्ञप्ति जारी गर्दै सो जग्गा पुनः पार्टी नियष्न्त्रण रहेको कुरा बताउनु भएको थियो ।MARSHANTFIL (2)

हाल सो जग्गामा रहेको जंगल फाडेनी गरी बिक्री भइरहेको जग्गामा (संरचना) नेपाली काँग्रेस खैरहनी क्षेत्रीय सभापति राजु सिलवालले बताएका छन् । उक्त कार्यलाई तत्काल रोक्न चितवन जिल्ला इन्चार्ज लालबहादुर विसिले चेतावनी दिएका छन्। अन्यथा कडा कारवाही गर्न बाध्य हुने नेता विसिले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :