बढेको शुल्क घटाउन बास्तोलाको चेतावनी

dharmendra-bastolaकाठमाडौं/असार ६, नेपाल कम्युनिस्ट पार्टीका, स्थायी समिति सदस्य तथा अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र वास्तोला ‘कञ्चनल’ ले शिक्षालाई नाफाखोर र दलाल पुँजीपतिको हातमा पुग्न नदिनको लागि संघर्ष गर्नुपर्ने बताउनु भएको छ । अखिल (क्रान्तिकारी) को उपत्यका समन्वय समितिद्वारा मंगलबार अनामनगरस्थित संवाद डबलीमा आयोजित ‘वर्तमान शैक्षिक अवस्था, शुल्क वृद्धि, पैदा भएका चुनौति तथा समाधानका उपाय बारे अन्तक्र्रियामा नेता वास्तोलाले उक्त कुरा बताउनु भएको हो । उहाँले त्यसक्रममा भन्नुभयो– ‘आफू जागिर सरकारको खाने तर छोराछोरीलाई विदेश र महंगा बोर्डिङमा पढाउने शिक्षक देश भक्त हुन नसक्ने’ उहाँले तर्क थियो । आफ्ना सन्तान र आफन्तका छोराछोरीलाई विदेश लगेर पढाउने शासक र नेताबाट नागरिकले अपेक्षा गर्नु आनौठो हुने बताउनु भएको छ । कार्यक्रममा प्याब्सनका अध्यक्ष कर्णबहादुर शाही, डिके ढुंगाना, अखिल (क्रान्तिकारी) का अध्यक्ष पूर्ण सिंह, सचिव रामबहादुर विक, अभिभावक संघका केशव पुरीलगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :