युवा संगठनका केन्द्रीय सदस्य विष्ट गिरफ्तार, अध्यक्षद्वारा तुरुन्त रिहाइको माग (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले सरकारी दमन र धरपकडको विरोध गर्दै शान्ति सुरक्षाको नामा सरकारले नागरिकहरुलाई विनाकारण दुःख दिएको बताएको छ । सो संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै कामको सिलसिलामा रहेका आफ्नो संगठनका केन्द्रीय सदस्य शितल विष्टलाई प्रहरीले जुम्लाबाट गिरफ्तार गरेको भन्दै विनाशर्त रिहाईको माग गरेका छन् । अध्यक्ष पाटनले राजनैतिक आस्थाकै आधारमा सरकारले आफ्नो पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लगायत देशैभरी सयाैं नेता कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै बिनाशर्त रिहाईको माग गरेका हुन् । पाटन जंगलीले देखावटीरुपमा वार्ताको हल्ला फैलाएपनि भित्री रुपमा बार्ता भन्दा पनि आफ्नो पार्टीका नेताकार्यकर्ता गिरफ्तार गर्ने योजनामा सरकार रहेको भन्दै सचेत हुनुपर्ने बताएका छन् ।  विज्ञप्तिको पुर्णपाठ…

२०७६ साउन ६ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :