अखिल (क्रान्तिकारी) कैलालीका जिल्ला अध्यक्ष सिंह रिहा


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलाली जिल्लाका अध्यक्ष बबरजंगबहादुर सिंह सोमबार सर्वोच्च अदालतको आदेशमा रिहा भएका छन् ।

बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सोमबार भएको बहसपछि अदालतले अध्यक्ष सिंहलाई रिहा गर्न आदेश दिएको हो । बिना कारण गिरफ्तार गरी गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रिहाईको माग गर्दै अधिवक्ता जगतजंग बमले दायर गरेको रिट निवेदनमाथि सर्वोच्चको इजलास नं ५ मा बहस भएको थियो ।

बहसपछि न्यायधिसद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तानको संयुक्त इजलाले अध्यक्ष सिंहलाई रिहा गर्न आदेश दिएको हो । यसअघि पनि अदालतको आदेशमा रिहा भएका उनलाई पुनः कैलाली जिल्ला अदालत परिसरबाटै प्रहरीले गिरफ्तार गरेको थियो ।

सोमबार रिट निवेदकको पक्षमा वरिष्ठ अधिवक्त एकराज भण्डारी, अधिवक्त कपिलचन्द्र पोख्रेल लगायतले बहस गर्नुभएको थियो ।

गत बैशाख २७ गते दिउँसो १ बजे धनगढी उप–महानगरपालिकास्थित बेहडाबाबा माध्यमिक विद्यालयमा शुल्क बृद्धिको विरोध गरिरहेका बेला सिंहलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

२०७६ साउन ६ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :