अखिल (क्रान्तिकारी)द्वारा कैलाली जिल्लामा शैक्षिक हडताल


कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का कैलाली जिल्ला अध्यक्ष बबरजंगबहादुर सिंहलाई नालायक फासिवादी केपी–पिके सरकारको हैकमवादी गृह प्रशासनले गुण्डागर्दी शैलीमा पटकपटक गिरफ्तार गरेपछि आक्रोशित हुँदै आज (मंगलबार) कैलाली जिल्लामा शैक्षिक हडताल गरेका छन् ।

अखिल (क्रान्तिकारी)का कैलाली जिल्ला उपाध्यक्ष पदम काफ्लेले शनिबार विज्ञप्ति निकाली अध्यक्ष बबरजंगबहादुर सिंहलाई केपी–पिके सरकारको गृह प्रशासनले गुण्डागर्दी शैलीमा गिरफ्तार गरेकोप्रति घोर आपत्ति गर्दै चरणवद्ध संघर्षको कार्यक्रम घोषणा गरेका थिए ।

उपाध्यक्ष काफ्लेले विज्ञप्तिमा भनेका छन्, ‘परिवर्तनको नेतृत्व गर्ने हाम्रो महान तथा गौरवशाली संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) विगत लामो समायदेखि विद्यार्थीको नजिक रही शैक्षिक क्षेत्रका विकृति विसंगति र शैक्षिक माफियाको विरुद्धमा आवाज उठाउँदै संघर्षरत रहेको कुरा अवगत नै छ ।’

विज्ञप्तिमा उपाध्यक्षले भनेका छन्, ‘यसै सन्दर्भमा हाम्रो संगठनका कैलाली जिल्ला अध्यक्ष कमरेड बबरजंगसिंहलाई राजनीतिक आस्थाका कारण गैरन्यायीक रुपमा आफ्नो उपचारको क्रममा मेडिकल गएको अवस्थामा बैशाख २७ गते यो नालायक फासिवादी केपी–पिके सरकारको हैकमवादी गृह प्रशासनले गुण्डागर्दी शैलीमा गिरफ्तार गरेको र आजसम्म असुहाउँदो मुद्दा दर्ता गरी रु पाँच लाख धरौती मागेको र सर्वोच्चमा रिट पर्दा अदालतले विना धरौती रिहा गर्दा पनि नालायक सरकारको गृह प्रशासनले पुनः गिरफ्तार गरी हिजो मिति २०७६ असार २७ गते सांगठनिक कार्यक्षेत्र नरहेको जिल्ला कञ्चनपुर पुर्याएकोप्रति हाम्रो संगठन घोर आपत्ति जनाउँदछ । यस्तो गलत नियतको मुद्दा खारेजकोलागि जोडदार माग राख्दछौं । यदि यो विज्ञप्तिलाई ध्यानमा नराखी जबरजस्त फसाउने नियतले अघि अई यसको कडा जवाफ दिन अखिल (क्रान्तिकारी) तयार रहेको कुरा जानकारी गर्दै फेरी पनि विना सर्त रिहाको जोडदार माग राख्दै निम्न संघर्षका कार्यक्रम घोषणा गर्दछौं ।’

२०७६ असार ३१ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :