पौडेलको सम्झनामा नेपाली जनप्रगतिशील मोर्चा साउदीद्वारा श्रद्धाञ्जलीसभा सम्पन्न


साउदी : नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशील मोर्चा साउदीको क्षेत्रीय समितिले सहिद कुमार पौडेलको सम्झनामा श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ ।

असार ५ गते दलाल सामाजिक फासिवादी राज्यद्वारा पार्टी कामको सिलसिलामा हिडिरहेको बेला सर्लाहीको लखन्ती खोलामा गिरफ्तार पश्चात सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या गरेको थियो ।

उक्त हत्याकाण्डको घोर भ्रत्र्सना गर्दै नेपाली जनप्रगतिशील मोर्चा साउदीको क्षेत्रीय समितिले सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको सम्झनामा श्रद्धाञ्जली तथा शोक सभा सम्पन्न गरेको छ । नेपाली जनप्रगतिशील मोर्चाका केन्द्रीय सचिव, बिपिन निरौलासहितको विशेष उपस्तिथिमा केन्द्रीय समिति तोया भत्त, केन्द्रीय समिति अर्थात दमाम क्षेत्रका इन्चार्ज राम थापालगायतको उपस्थितिमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको जनाएका छन् ।

बोल्ने अधिकांश वक्ताहरुले कुमार पौडेलको हत्या अन्यायपूर्ण राज्यले आफ्नो लाज पर्दाभित्र छोप्नकोलागि न्यायपूर्ण आन्दोलनका योद्धालाई हत्या गरेको बताउनु भएको छ । यसको बदला राज्यलाई महङ्गो पर्ने बताएका थिए ।

सो कार्यक्रममा बोल्ने सम्पूर्ण वक्ताहरुले यिनै केपी–प्रचण्ड–बादलको कारण प्रवासमा तातो ५५ डिग्रीको घाममा जीबन गुजारा गर्न बाध्य भएको बताउदै राज्यको नालायक पन र नेकपाको आस्थावान व्यक्तिलाईसम्म मारेर दिवा सपना नदेख्न आग्रह गरेका थिए ।

महासचिव विप्लवको भनाईलाई उदृत गर्दै ‘मरेपनि सहिदसँग सुताउनु तर बदनाम भएर म बाच्न चाहान्न’ भन्ने भनाईलाई आत्मसात गर्दै आवश्यक परे बैज्ञानिक समाजवादी प्राप्तिकोलागि महान क्रान्तिको महासागरमा समेल हुन नेपाल छिटै फर्किने उद्घोषसमेत गरेका थिए ।

२०७६ असार २९ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :