बाढी पहिरो पीडितको उद्दारमा जुट्न महासचिव विप्लवको निर्देशन (विज्ञप्तिसहित)


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले शनिबार विज्ञप्ति जारी गरी देशभरी भएको अविरल बर्षा, बाढी, पहिरो र डुवानका कारण देशमा ठूलो जनधनको क्षति भएको र प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएका सबै नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण पार्टी पंक्तिलाई राहत र उद्दारमा जुट्न निर्देशन गरेका छन् ।

महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘बिहीबारदेखि देशभरी भएको अविरल बर्षा, बाढी, पहिरो र डुवानका कारण देशमा ठूलो जनधनको क्षतिभएको छ । प्रकृतिमाथिको अराजक, अनियन्त्रित दोहन, राज्यको पुर्व तयारीको अभाव, भारतसँग भएका असमान सन्धि सम्झौता, नेपाल भारत सीमानामा बनेका बाँध, तटबन्धन र अन्तर्राष्ट्रिय कानून विपरित नेपाल भारत सीमानासँग टाँसिएर बनाइएका विशाल सडकहरु, गरिब श्रमिक जनताको जोखिमपूर्ण बसाई गर्नुपर्ने बाध्यताका कारण प्राकृतिक प्रकोपमा परी गरीब जनताले ठूलो जनधनको क्षति व्यहोर्न परेको छ । हाम्रो पार्टी प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनु भएका सबै नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछ र पीडित परिवारजनप्रति सहानुभूति व्यक्त गर्दछ । मृतकका परिवारलाई अल्पकालीन, दिर्घकालीन, क्षतिको उचित राहत उपलब्ध गराउन र घरबास गुमेकोलाई बास र रोजगारी व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्दछ । साथै सम्पूर्ण पार्टी पंक्तिलाई राहत र उद्दारमा जुट्न निर्देशन गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ….

२०७६ असार २९ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :