अविरल बर्षासँगै हावाहुरीले विद्यालयको छाना उडाउँदा लाखौ क्षति


सल्यान : अविरल बर्षासँगै आएको हावाहुरीले सल्यान जिल्लामा निराजन माध्यामिक विद्यालयको छाना उडाउँदा लाखौंको क्षति पुगेको छ । जिल्लाको शिद्धकुमाल गाउँपालिका वडा नं. ३ मा रहेको निराजन माध्यामिक विद्यालयको दुइकोठे भवनको छाना उडाउँदा भवनभित्र रहेको २० थान कम्प्युटरलगायत थुप्रै कागजपत्रमा क्षति पुर्याएको छ ।

शनिबार दिउँसो करिब २ बजेतिर भिषण बर्षासँगै आएको हावाहुरीले भवनको छाना उडाउँदा भवनभित्र रहेका २० थान कम्प्युटर, लेखाशाखाका सम्पूर्ण कागजपत्रलगायत अन्य समाग्रीमासमेत क्षति पुर्याएको विद्यालयका प्रधानाध्यापक धर्मराज घर्तिले जानकारी दिएका छन् । उनका अनुसार हावाहुरीले क्यान्टिन संचालनमा आएको भवनको छानासमेत उडाएर क्यान्टिनभित्र रहेका सम्पूर्ण सामानमा क्षति पुर्याएको छ ।

दिउँसो कार्यालयमा बसेर काम गरिरहँदा एक्कासी हावाहुरीले भवनको छाना उडाएको प्रअ घर्तिले बताए । हावाहुरीले करिब १० लाल बराबरको क्षति पुर्याएको हुनसक्ने अनुमान उनको छ ।

प्रअले भने, लेखाशाखामा रहेका सम्पूर्ण कागजपत्र भिजेको छ । जस्तापाता उडाएर पाँच सय मिटर टाढा लिएको र पूर्णरुपमा क्षति पुर्याएकाले काम नै नलाग्ने अवस्थामा पुगेको छ । अहिले भवनभित्र रहेको सबै सामानहरु सुरक्षित स्थानमा सारिएको बताए ।

शनिबारको दिन भएकाले स्कूल बिदा थियो त्यसकारण मानविय क्षति हुनबाट जोगिएको बताइएको छ । उक्त दुइकोठे भवनमा कम्प्युटर कक्षा र लेखाशाखा संचालनमा आइरहेको थियो ।

२०७६ असार २८ गते शनिबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :