प्रहरीद्वारा सिलवाललाई अपहरण गरी वेपत्ता, तुरुन्त रिहाइ गर्न नेकपाको माग (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका मेची–कोशी व्युरोकी इन्चार्ज अनुले शुक्रबार विज्ञप्ति निकाली सुनसरीको इटहरीबाट यात्रारत अवस्थामा रहेका मेची–कोशी व्युरो सदस्य डी.बी. सिलवाललाई असार २६ गते केपी–पिके गृह प्रशासनले गुण्डागर्दी शैलीमा अपहरण गरी वेपत्ता नबाएकोप्रति निन्दा एवंम भत्र्सना गर्दै, तुरुन्त सार्वजनिक गरी रिहाई गर्न माग गरेकी छिन् ।

व्युरो इन्चार्ज अनुले विज्ञप्तिमा भनेकी छिन्, ‘केपी–पिके नेतृत्वको सामाजिक फासिवादी दलाल सरकारका प्रहरीहरुले हिजो मिति २०७६/०३/२६ गते सुनसरीको इटहरीबाट यात्रारत अवस्थामा रहेका हाम्रो पार्टीका मेची–कोशी व्युरो सदस्य कमरेड डी.बी. सिलवाललाई गुण्डागर्दी शैलीमा अपहरण गरी वेपत्ता बनाएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा अनुले भनेकी छिन्, ‘जनताहरुको जीउधनको सुरक्षा त कता हो कता, निहत्था नागरिकहरुको हत्यामा उत्रिदै आफुलाई समाजवादी कम्युनिस्ट सरकार भएको दाबी गरिरहेको केपी–पिके मण्डली र उसका हनुमानहरुको रवैया नेपाली समाजमा बढ्दै गएको छ । यही स्थितिमा राष्ट्र र जनतामाथि लादिएका सबैखाले अत्याचारको विरोध गर्ने न्यायप्रेमी जनतामाथि वर्तमान दलाल सरकार सामन्य विवेकसमेत नराखी दमन थोपरिरहेको छ । फासिवादीहरुको यही दमनको श्रृखला स्वरुप हाम्रो पार्टीका व्युरो सदस्य कमरेड डीबीको अपहरणको कडा शब्दमा निन्दा एवं भत्र्सना गर्दै, तुरुन्त सार्वजनिक गरी रिहाइ गर्न माग गर्दछौं ।’

विज्ञप्तिको अन्त्यमा अनुले भनेकी छिन्, ‘पुर्व क्षेत्रमा दमनलाई तिव्र पारेर पुर्वका जनतामाँझ रहेको विद्रोही चेत, क्रान्तिकारी उर्वरता, सचेत पहल लिन सक्ने सामर्थलाई निमोठ्न खोजिरहेको फासिवादी दलालहरुको हर्कतविरुद्ध पुर्वका देशभक्त क्रान्तिकारी जनता विद्रोहमा उठ्न तयार छन् । हामी संमयतापूर्वक भन्न चाहान्छौं कि, सबै खाले दमन हत्या रोकी हाम्रा गिरफ्तार साथीहरुलाई विनासर्त रिहा गरियोस् अन्यथा कडा ढंगले जनप्रतिरोध गरिने र त्यसको जिम्मेवार केपी–पिके प्रशासन हुनेछ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ असार २७ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :