लगातार बर्षाका कारण काभ्रेमा पहिरोले घर पुरिँदा दुइको मृत्यु, दइ जना घाइते


काठमाडौं : देशैभरी लगातार बर्षादका कारण बाढी पहिरोको जोखिम पनि उत्तिकै बढिरहेको छ । यसै क्रममा काभ्रेको बनेपा नगरपालिका–३ मा घर पुर्दा दुई जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् ।

लगातारको वर्षापछि आएको पहिरोले रामप्रसाद दंगालको घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा परेर रामप्रसादकी श्रीमती ५५ वर्षीया गोमा र नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको जनाइएको छ ।

बुहारी सुशीला र अर्की नातिनी अनुष्कालाई उद्दार गरिएको छ र दुबैको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको एसपी जयराज सापकोटाले जानकारी दिएका छन् ।

२०७६ असार २७ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :