हरैयाका सुकुम्बासीलाई उठिबास गरे कडा प्रतिकार गर्ने नेकपाको चेतावनी


धनगढी : अविरल वर्षका कारण जमिन जलमग्न भइरहेको बेला सरकारले सुकुम्बासीको उठिबास लगाएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ हरैया शिविरमा बस्दै आएका सुकुम्बासीको सरकारले उठिबास लगाएको हो । उनिहरुका घर टहरा भत्काउन पूर्वमाओवादी केन्द्रका नेता–कार्यकर्ताहरु परिचालन भएका छन् । वर्षका कारण टहराको जीवन कष्टकर भइरहेको बेला सरकारले विहीबार टहरा भत्काउन थालिएको हो । सुकुम्बासीको विचल्ली भएको छ । नेपाल कम्युनिस्ट पार्टीले सुकुम्बासीको उठिबास लगाउने कार्यप्रति आपत्ति जनाएको छ ।

सत्तापक्षले भारी वर्षा भएको बेला समान्य मानवियता समेत गुमाएर सरकारले नागरिकको उठिबास लगाएको छ । सुकुम्बासीको उठिबास लगाउने कार्यको नेकपाले सुरुदेखि विरोध गर्दै आएको छ ।

हरैयाका सुकुमबासीलाई राज्यले त्यहाँबाट एक इन्चपनि दाँयाबाँया गरे त्यसको कडा प्रतिकार गर्ने नेपाल कम्युनिस्ट पार्टीका कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले बताएका छन् र तत्कालै त्यहाँ सुकुमबासीहरुको रक्षाकोलागि जनपरिचालन पनि गरिएको बताएका छन् ।

२०७६ असार २७ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :