जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष र सचिव गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष रत्न मगर र केन्द्रीय सचिव पूर्ण श्रेष्ठलाई आइतबार काठमाडौँको ठमेलबाट प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूसँगै पक्राउ परेका अर्का एकजनालाई भने प्रहरीले पक्राउपछि भोलिपल्ट रिहा गरेको जानकारी मञ्चका केन्द्रीय सदस्य रणबहादुर पुनले दिए । उनीहरूलाई प्रहरीले आइतबार काठमाडौँको ठमेलबाट पक्राउ गरेको हो । पक्राउपछि काठमाडौँको प्रहरी परिसर टेकुमा राखिएका उनीहरूलाई सार्वजनिक मुद्दा दायर गरिएको छ ।

यसैबीच पारिवारिक स्रोतले दिएको जानकारीअनुसार मञ्चका अध्यक्ष मगरको घरमा प्रहरीले खानतलासी गरी विभिन्न कागजपत्रहरू लुटेको छ । मगरको परिवारले राजनीतिक पार्टीमा लागेकै कारण प्रहरीले पक्राउ गर्ने र घरमा आएर दुःख दिने गरेको बताएको छ । सरकारले बिनाकारण आफ्नो पार्टी सम्बद्ध व्यक्तिहरूलाई गिरफ्तार गरेको भन्दै नेकपाले बिनासर्त रिहाइको माग गरेको छ ।

२०७६ असार २४ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :