अज्ञात समूहद्वारा गेरुवा गाउँपालिकामा आगजनी, ललितपुरबाट ३ जना थुनुवा फरार

काठमाडौं : बर्दिया जिल्लाको गेरुवा गाउँपालिकाको कार्यालयमा सोमबार राति अज्ञात समूहले आगजनी गरेका छन्, भने ललितपुर भैंसेपाटीको हिरासतबाट ३ जना थुनुवा फरार भएको समाचार प्राप्त भएको छ ।

गएराति अज्ञात समूहले गेरुवा गाउँपालिकाको कार्यालयमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । आगजनीबाट गाउँपालिकाको कार्यालय र त्यहाँ राखिएका कागजात पूर्णरुपमा ध्वस्त भएका छन् । आगजनीको जिम्मा भने अहिलेसम्म कसैले लिएको छैन ।

यसैगरी, सोमबार राति शौचालयको ग्रील तोडेर महानगरीय प्रहरी प्रभाग भैंसेपाटी ललितपुरको थुनामा रहेका ३ जना भागेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । डकैती गरेको अभियोगमा पक्राउ परेका २ जना र लागू औषध कारोबारमा पक्राउ परेका १ जना भागेका ललितपुर प्रहरीले जानकारी दिएको छ ।

२०७६ असार २४ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :