कुमाल र भट्ट कास्कीबाट पुनः गिरफ्तार


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई आइतबार कास्की उच्च अदालतको आदेशमा रिहा भएलगत्तै केपी–बादल गृह प्रशासनले पुनः गिरफ्तार गरी पोखराको बैदाम प्रहरी चौकीमा राखिएको समाचार प्राप्त भएको छ ।

गत बैशाख २२ गते पालुङटार नगरपालिका वडा नं. ७ को खोलाघाटबाट साँझ ६ बजे जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई फरक–फरक ठाउँबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

२०७६ असार २२ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :