
काठमाडौं/असार ५, नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन राष्ट्रिय जनस्वयम् सेवक संघका केन्द्रीय सदस्य तथा प्युठानका नेता हरि बस्नेतलाई असार ५ गते विहान ११ बजे प्युठान नपा–४ स्थित डुम्रे बजारमा चिया खाइरहेको बेला प्रहरीले गिरफ्तार गरेको छ । नेकपा सर्मथक भएकै भरमा पक्राउ गर्ने प्रहरीको शैलीलाई गृहमन्त्री जनार्दन शर्माले सामाजिक सञ्जालमा ‘सुतेकालाई समात्ने, त्यसपछि आफू ढुक्कले सुत्ने प्रहरीको अल्छी शैली’ भनेका थिए ।
आफू गृहमन्त्री भएपछि पनि आशंका कै भरमा पक्राउ गर्ने निरंकुश शैली यथावत देखिएको छ ।
खलंगाबाट प्राप्त खबरमा जनाइए अनुसार बस्नेतको पक्राउबाट आक्रोसित जनसमुदायले यातायात अवरुद्ध गरेका छन् । अहिले प्युठानको डुम्री बजारमा यातायात बन्द रहेको छ ।