उम्मेदवारहरुको घरमा कालो झण्डा

Kalo jhanda

अम्बिका चन्द/काठमाडौं,असार ५, स्थानीय तहको चुनाव खारेजी तथा बहिस्कार अभियानमा रहेको नेकपाले आइतबार देशका विभिन्न ठाउँहरुमा उम्मेदवारहरुका घरमा कालो झण्डा गाडेको छ । दाङका विभिन्न गाँउपालीका र नगरपालीका, उपमहानगरपालीकाका उम्मेद्धारहरुका घरहरुमा कालो झण्डा गाडिएको नेकपा दाङले जनाएको छ । माओवादी केन्द्रका मेयरका उम्मेदवार जीवन गौतमलगायतका घरमा कालोझण्डा गाडिएको हो । यस्तै सुनसरीमा पनि उम्मेदवारी फिर्ताको अपिलसहित एमालेका इटहरी उपमहानगरपालीकाका मेयर पदका उम्मेदवारका लाल चौधरीको घरमा कालो झण्डा गाडिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :