थबाङमा चुनावमा जाने हाम्रा कार्यकर्ता होइनन् – बलबहादुर वली ‘सितल’, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज, नेकपा

19389606_1962641697339227_1175485371_n
बलबहाखुर वली ‘सितल’

»» राप्ती अञ्चलमा चुनाव बहिस्कार कस्तो भइरहेको छ ?
राप्ती अञ्चलमा चुनाव खारेजी अभियान घनिभूत भएर गइरहेको छ । हाम्रो आधार क्षेत्रमा संसदीय पार्टीहरु प्रवेश गर्नसम्म सकेका छैनन् ।
दाङ जिल्लाको स्थितिलाई देशभरि चासोका रुपमा हेरिएको छ । त्यहाँ के भइरहेको छ ?
दाङ क्रान्तिकारी आन्दोलनको उर्वरभूमी हो । यहाँ चुनाव खारेजी अभियान घनिभूत भएको छ । चिकुलीगढ तुलसीपुर–५ का सुन्दर बजार, विजौरी, शान्ति नगरलगायतका स्थानलाई चुनाव प्रचार निषेधित क्षेत्र घोषणा गरिएको छ । चुनाव प्रचारमा आउनेहरुलाई कारवाही गरेर पर्काउने कार्य भइरहेको छ ।
»» रोल्पा जिल्लामा के भैरहेको छ ?
रोल्पा जिल्लामा पनि चुनाव खारेजी अभियान तीव्र बनेर गएको छ । खारेजीका झण्डा, ब्यानर, वालिङ तथा अन्य प्रचार तीव्र पारिएको छ । रोल्पामा क्रान्तिकारी धाराको तेजोबध गर्न केही लफङ्गालाई बुख्याचा झैं तरकारीबारीमा ठड्याएर ठुलो प्रचार युद्ध छेडिएको छ । कुनै बेला हाम्रो पार्टीमा रहेका लफङ्गालाई उभ्याएर पार्टीको बढ्दो प्रतिस्ठा र क्रान्तिकारी धारलाई तेजोबध गर्न खोजिएको छ । जनयुद्धकालमा पनि त्यस्ता थुप्रै प्रचारयुद्ध हुुन्थे । रोल्पामा दलालहरुले अरबौं रकम लगानी गरेर समग्र युद्ध छेडिरहेका छन् । जसको कारण उतारचढाव आइरहेका छन् । हिजोको दुस्प्रचार त्यसैको एउटा अंश हो ।

19265107_1962380514032012_651234888_n »» थबाङको स्थानीय पार्टीले माथिका निर्णय मानेन भन्ने प्रचार छ नी ?
कुनै बेला पार्टीमा रहेका, आज कुनै तहमा नभएका र अरु पार्टीसँग साँठगाँठ भएका केही लोभपापी र लफङ्गाहरुले पार्टीलाई बद्नाम गरेर नीजि स्वार्थ पूर्ति गर्न खोजेका हुन् । स्थानीय पार्टी केन्द्रका नीतिमा अविचलित छ ।
»» चुनाव खारेजी अभियानको विषयमा पार्टीमा एकरुपता छ त ?
चुनाव खारेजीका विषयमा एकरुपता मात्र होइन अन्य विषयमा छलफलसमेत भएको छैन । प्रचण्डदेखी–किरणसम्मको बहसमा छानिएर र क्रान्तिकारी रुपान्तरण भएर आएको पार्टी हो । त्यसकारण रोल्पा र थबाङमा पनि त्यस्तै अनुसारको अवस्था छ । जिल्ला समितिको पूरै एकरुपता कायम छ । एक जना पनि जिल्ला मितिको सदस्य यताउता भएको वा चुनावमा ¥याल चुहाएको छैन । दलालको चुनावमा ¥याल चुहाउने तत्वहरु क्रान्तिदेखी तर्सेका लोभीपापी तत्वहरु हुन् । उनीहरुले क्रान्त्तिको कुरा नगरे हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :