अर्को एमाले कार्यकर्ताको हत्या

emaleकाठमाडौं/असार ५, दोलखापछि चुनावी झडपको क्रममा बाजुरामा आइतबार अर्का एमाले कार्यकर्ताको हत्या भएको छ । दोलखाका हत्या आरोपी माओवादी केन्द्रका अभियुक्तहरु धरौटीमा रिहा भएपछि उनीहरु उत्साहित भएको देखिन्छ । बाजुरा, छोडेदह–६ का एमाले कार्यकर्ता हंस राउतको कांगे्रस कार्यकर्ताको आक्रमणमा घाइते भएका थिए । उपचारार्थ अस्पताल लग्दै गर्दा बाटैमा राउतको मृत्यू भएको हो । उता दार्चुला, लटिनाथमा पनि माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ । प्रहरीले भीडमाथी अश्रुग्याँस प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :