मनोनयनकै दिन निर्वाचनविरूद्ध मार्चपास

19244334_1962379914032072_1883960671_n

प्युठान संवाददाता/असार ४, मुलुकभर स्थानीय तहको निर्वाचनको लागि मनोनयन दर्ता भएकै दिन नेपाल कम्युनिस्ट पार्टिले रोल्पा र प्युठानको सिमानामा मार्चपास गरेको छ । निर्वाचनको विरोध गरिरहेको विप्लव नेतृत्वको उक्त पार्टीले रोल्पा र प्युठान सिमानामा दर्जनौ युवाहरुको उपस्थितिमा मार्चपास गरेको हो। सरकारले निर्वाचनको सुरक्षालाई ख्याल गरेर देशभर नेकपाका नेता कार्यकर्तालाई पक्राउ गरिरहेको बेला रोल्पा र प्युठानको सिमानामापोसाकसहित दर्जनौ युवाहरुले मार्चपास गरेका हुन्। निर्वाचन खारेजीको नारा लेखिएको रातो पोसाक र रातोटोपीे लगाएका युवाहरुले निर्वाचनको विरुद्धमा चर्को नारावाजी गरेका थिए ।19265107_1962380514032012_651234888_n

निर्वाचन विरोधी कार्यलाई नियन्त्रण गर्ने नाममा सरकारले सैयौं नेता–कार्यकर्ता पक्राउ गरिएको बला नेकपाले मनोनयनकै दिन निर्वाचनविरुद्ध नाराजुलुससहित युवाहरुको मार्चपास गरेको हो।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :