पार्टीले उम्मेदवारी दिएको छैन – नेकपा, रोल्पा

अम्बिका चन्द / झनक श्रेष्ठ, काठमाडौं, असार ४, चुनाव खारेजी अभियानमा रहेको नेकपाले आफनो पार्टीसँग जोडिएर विभिन्न संचार माध्यममा आएको ‘थबाङ्गमा मनोनयन दर्ता’ भन्ने समाचारको खण्डन गरेको छ । पार्टीका रोल्पा जिल्ला सेक्रेटरी जागृतीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै रोल्पाको थवाङ्गमा नेकपाको तर्फबाट मनोनयन दर्ता भनेर भ्रमपूर्ण समाचार आएकोप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । उहाँले आफ्नो पार्टी चुनाव खारेजी अभियानमा रहेको उल्लेख गर्दै थबाङ्गमा उम्मेदवारी दर्ता गरेका व्यक्ति दलाल संसदीय व्यवस्थाको भ्रममा परेका व्यक्ति भएको पनि स्पष्ट पार्नुभएको छ । विज्ञप्तिमा संसदीय व्यवस्थाको भ्रम जालमा नपरी चुनाव खारेजी अभियानमा लाग्न थबाङलगायत आम जनसमुदायलाई अपिल पनि गरिएको छ । रोल्पा सेक्रटरी जागृतीद्वारा आसार ४ गते साँझ जारी विज्ञप्तिको पूर्णपाठ–

हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी यतिबेला दलाल संसदीय व्यवस्थाद्वारा नेपाली जनताविरुद्व जवरजस्ती थोपरिएको चुनावी अभियानका विरुद्व विभिन्न संघर्ष मार्फत चुनाव खारेजीको अभियानमा लागिरहेको छ । भारतीय साम्राज्यवादको नाङ्गगो दलाली गरिरहेको वर्तमान देउवा– प्रचण्ड मण्डली सरकार यतिबेला नेपाली जतताका विरुद्ध दमन अभियान संचालन गरिरहेको छ । हाल दोश्रो चरणको चुनावी नाटकको मञ्चन भैरहेको सन्दर्भमा आज रोल्पाको थबाङमा हाम्रो पार्टीको तर्फबाट उम्मेदवार मनोनयन दर्ता भनेर भ्रमपूर्ण समाचारहरु आइरहेकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टीको तर्फबाट उम्मेदवार भनेका व्यक्तिहरु हाम्रो पार्टीका नभइ दलाल संसदीय व्यवस्थाको भ्रम जालमा परेका व्यक्तिहरु हुन् । त्ससैले ती व्यक्तिहरुको नाम जोडेर नेकपाका उम्मेद्धार भन्नु नेपाली जनतालाई भ्रम जालमा पार्ने कुरा मात्र हो । दलाल संसदीय व्यवस्थाको चुनावी भ्रम जालमा नपरी चुनाव खारेजी अभियानमा डट्न हामी यसै विज्ञप्ति मार्फत थबाङ्गी जनसमुदायलगायत आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :