पोर्चुगलमा भीषण आगलागी

PORCHUGLE

काठमाडौं/असार ४, पोर्चुगलको मध्यभागको जंगलमा फैलिएको आगोका कारण कम्तीमा ४३ जनाको ज्यान गएको र ५९ जना घाइते भएको अधिकारीहरुले बताएका छन् । कुइम्ब्रदेखि ५० किलोमिटर दक्षिणपूर्वमा अवस्थित पेद्रोगाओ ग्रान्दे क्षेत्रबाट अन्यत्र कारमा भाग्ने क्रममा अधिकांश मानिसको मृत्यु भएको सरकारले जनाएको छ। घटनापछि बोल्दै प्रधानमन्त्री एन्टोनिओ कोस्टाले भने, हामीले त्रासदी र वियोगको सामना गरिरहेका छौँ, मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ । आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :