प्रहरी दमनविरूद्ध पाेखरामा मशाल प्रदर्शन


पोखरा : नेपाल कम्युनिस्ट पार्टी कास्कीले पोखरा १६ अर्मलाकोटमा मशाल जुलुस कार्यक्रम सम्पन्न गरेको छ ।

असार १६ गते आफ्नो संगठन सुदृढ तथा बिस्तार अभियान संचालन गर्ने क्रममा संखुवासभा सिलिचोङ गाउँपालिका पुगेका आफ्ना निहत्था कार्यकर्तामाथि गोली प्रहार गरी दमन गरेपछि त्यसको बिरोधस्वरुप नेपाल कम्युनिस्ट पार्टीले २० गते पुनः देशभर मशाल जुलुस प्रदर्शन गरेको छ । सोही क्रममा मशाल जुलुसको दोस्रो दिन २० गते पोखरा १६ अर्मलाकोटमा मशाल जुलुस सम्पन्न भएको छ ।

सरकारले आफ्नो पार्टीलाई दमन गर्दै नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तारी, झुठामुद्दा र हत्यासम्म गरेको बिरोध स्वरुप उक्त पार्टीले चरणबद्ध सङघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । सोही अनुरुप शुक्रबार पोखरा १६ अर्मलाकोटमा मशाल जुलुस सम्पन्न गरिएको नेकपा कास्की स्रोतले जनाएको छ ।

नेकपाले असार १९ र २० गते देशव्यापी रूपमा मशाल जुलुस र २१ गते देशव्यापी विशाल जनप्रदर्शन गर्ने घोषणा गरेको थियो ।

२०७६ असार २१ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :