कुमार पौडेलको स्मृतिमा धनुषामा श्रद्धाञ्जली सभा सम्पन्न

धनुषा : गत असार ५ गते सर्लाहीमा नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले हत्या गरेपछि बन्द हड्तालसम्मको कार्यक्रम गरेको नेपाल कम्युनिस्ट पार्टीले असार १६ गते धनुषा जिल्लामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ ।

 

जिल्ला समिति धनुषाले महान् सहिद कुमार पौडेलको श्रद्धाञ्जली सभा जनकपुर व्युरो सदस्य तथा धनुषा जिल्ला सेक्रेटरी रेप्वाको अध्यक्षतामा पार्टी केन्द्रीय समिति सदस्य देवनारायणको प्रमुख आतिथ्यमा जिल्ला इन्चार्ज रोहितको अतिथि सहिद तथा वेपत्ता परिवारका केन्द्रीय उपाध्यक्ष आदमको उपस्थिति थियो भने कार्यक्रमको संचालक पार्टी जिल्ला सदस्य महेन्द्र मण्डल र स्वागत मन्तव्य पार्टी जिल्ला सदस्य विहारी रायले गर्नु भएको थियो ।


यस कार्यक्रममा प्रमुख अतिथि देवनारायणले केपी ओली–बादल कम्पनीहरु जनताको सरकार नभई स्वेत आतंक मच्चाउने गुण्डा गिरोहको सरकार रहेको र यसको चरित्र फासिवादी दक्षिणपन्थी सामाजिक फासिवादी दलालको मतियार रहेकोले जनतामाथि दिनप्रतिदिन हत्या हिंसा थोपरिँदै जाने भएकोले क्रान्तिकारीहरु सजक भई सशस्त्र प्रतिकार गर्ने समय आइसकेको छ भन्नु भयो ।

२०७६ असार २० गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :