नेकपाले उम्मेदवारहरूको घरमा गाड्यो कालो झण्डा

Kalo jhandaअम्बिका चन्द/काठमाडौं,असार ५: कथित स्थानीय चुनावको खारेजी अभियान सञ्चालन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी, दाङले स्थानीय तहका उम्मेदवारहरूको घरघरमा कालो झण्डा गाडेको छ । दाङका सबै नगर तथा गाउँपालिकाको उम्मेदवारहरूको घरघरमा कालो झण्डा गाड्नुका साथै चुनाव खारेजीको अपील समेत गरेको छ । तुलसीपुर तथा घोराहीको मेयर उपमेयर, लमही नगर प्रमुख उपप्रमुख तथा सबै गाउँपालिका अध्यक्ष उपाध्यक्षलगायत केही सदस्य उम्मेदवारहरूको घरमा पुरानै संसदीय स्थानीय चुनावमा सहभागी नहुन र उम्मेदवारी फिर्ता लिन अपील सहित कालो झण्डा गाडेको नेकपा दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :