कांग्रेस कार्यालयभित्रै बम/शान्ति सुरक्षामा थप चुनौती

images-cms-image-000022525

अम्बिका चन्द/काठमाडौं, असार ११:  आइतबार विहान रुपन्देही र नवलपरासीका विभिन्न स्थानमा बम फेला परेपछि जनजीवन त्रसित बनेको छ । यसैबीच रुपन्देहीको देवदहमा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा बम फेला परेको छ । रुपन्देहीकै ओमसतिया गाउँपालिकाका प्रमुख पदका उम्मेदवार इन्द्रजीत यादवको घरमा सुतली बम विष्फोट भएको छ । विष्फोटबाट कुनै मानवीय क्षती नभएको प्रहरीले बताएको छ । यस्तै सिद्धार्थनगर नपामा एमालेका उपमेयर पदका उम्मेदवार उमा काफ्लेको घरमा पनि बम फेला परेको छ । यस्तै नवलपरासीको बर्दघाट नगरपालिकामा काग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारको घरमा बम फेला परेको छ । काग्रेसका विश्वप्रेम पाठक, एमालेका धिरज शर्मा र माओवादी केन्द्रका रुद्रप्रकाश उपाध्यायको घरमा बम फेला परेको हो । यसरी जताततै बम आतंक फैलिएपछि सुरक्षा चुनौती बढेको सुरक्षा स्रोतलाई उद्धृत गर्दै पत्रकार प्रकाश डुम्रेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :