सङ्खुवासभामा प्रहरी दमन, दमन नरोके प्रतिरोध गर्ने नेकपाको चेतावनी (विज्ञप्तिसहित)


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सङ्खुवासभा जिल्लाको सिलिचुङ १ मा शान्तिपूर्ण राजनीतिक कार्यक्रमकालागि जनताको घरमा बास बसिरहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि सरकारले प्रहरी परिचालन गरी तीव्र दमन गरेको भन्दै घटनाको निन्दा र भत्र्सना गरेको छ । पार्टी प्रवक्ता प्रकाण्डले सोमबार प्रेस वक्तव्य जारी गर्दै घटनाको निन्दा गर्नुका साथै तत्काल दमन बन्द नगरे प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् ।

प्रकाण्डले वक्तव्यमा भनेका छन्, ‘सङ्खुवासभा जिल्लाको सिलिचुङ १ मा सोमबार शान्तिपूर्ण राजनीतिक कार्यक्रमकालागि जनताको घरमा बास बसिरहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि केपीवली–बादल गृह प्रशासनले तीव्र प्रहरी दमन गरेको छ । पार्टी यसको घोर निन्दा एवम् भत्र्सना गर्दछ ।’

प्रवक्ताको वक्तव्यमा अगाडि भनिएको छ, ‘एकातिर शान्ति र लोकतन्त्रका कुरा गर्ने तर अर्कातिर शान्तिपूर्ण राजनीतिक कार्यक्रममा हिँडेका नेकपाका नेता–कार्यकर्तालाई दमन गर्ने, गोली प्रहार गर्ने, समातेर हत्या गर्ने वली–बादल मण्डली सरकारको दमन कार्य निन्दनीय छ । अविलम्ब यो दमन नरोके नेकपाले प्रतिरोध गर्नेछ । त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार यही केपी–बादल सरकार हुनेछ ।’ विज्ञप्तिको पूर्णपाठ…

 

२०७६ असार १६ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :