कुमार पौडेलको स्मृतिमा मेची–कोशी ब्युरोमा श्रद्धाञ्जली सभा सम्पन्न


काठमाडाैं : गत असार ५ गते सर्लाहीमा नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले हत्या गरेपछि बन्द हड्तालसम्मको कार्यक्रम गरेको नेपाल कम्युनिस्ट पार्टीले सोमबार देशैभरी श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै मेची–कोशी ब्युरोका १० जिल्लाहरुमा पनि पौडेलको सम्झना र सम्मानमा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता, पार्टी सदस्य, शुभचिन्तक र समर्थक जनताहरुसहित श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

मेची–कोशी ब्युरोकी इन्चार्ज अनुले विभिन्न समयमा पुर्वले उच्चस्तरको बलिदान गर्दै आएको र पुर्वक्षेत्रले सत्ता हल्लाउने तहका बलिदानीपूर्ण आन्दोलन गर्दै आएको र गत ५ गते झुठो मुठभेटको नाटक गरेर हत्या गरिएका सर्लाहीका इन्चार्ज कुमार पौडेल, भोजपुरमा हत्या गरिएका तिर्थ घिमिरेको रगतले यो दलाल पुँजीवादी सत्ताको जरा हल्लाउन सुरु गरेको बताइन । उनले केपी–बादल प्रशासन आत्तिएर पुर्वमा दमन तिब्र पारेको आधारबाट हेर्दा पनि यो सत्ताको अवशानको दिन गन्ती हाम्रो रगत बगेसँगै सुरु भएको बताइन । पुर्व क्षेत्रको संखुवा सभामा बारम्बार प्रहरीले गोली प्रहार गरेर देशलाई युद्धमा धकेलेको बताउदै आफुहरुलाई प्रतिरोध गर्न बाध्य पार्दै लगेको बताइन । उनले सबै न्यायप्रेमी जनताहरुलाई केपी सरकारको फासिवादको बिरुद्ध आवाज उठाउँन अपिलसमेत गरिन ।

मोरङ्ग जिल्लाको कानेपोखरी गाउँपालिका वार्ड नं. ५ मा पर्ने साँघु टोल, रतुवामाई नगरपालिका वार्ड नं. ८ को एक स्थानसहित दुई स्थानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै मोरङ्ग जिल्ला इन्चार्ज अनुभव ‘क्रान्तिले ब्यक्ति हत्यामा उत्रिएको सामाजिक फासिवादी सरकारको दमनबिरुद्ध आफ्नो पार्टी सशक्त प्रतिरोधमा उत्रने बताए । उनले कुमार पौडेललाई सम्झदै कुमार पौडेल एक इमान्दार जनताका प्रिय क्रान्तिकारी नेता भएको भन्दै उनको सपना पूरा गर्न हामी सबै बलिदान गर्न तयार भएको बताए ।’

उत्तरी मोरङको केराबारी भलुवाचौकमा पनि श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै उत्तरी मोरङका इन्चार्ज प्रभावले भ्रष्ट पतित सरकारको आलोचना गर्दै जनतालाई साथमा लिएर यो सत्तालाई खरानी पार्ने चेतावनी दिए । उता दक्षिणी इलामको माई नगरपालिका वार्ड न ३ मा पनि कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्लाका सेक्रेटरी अबिनाशले बोलेका थिए । उनले कुमार पौडेललाई सुराकी लागेको हुनाले अब सुराकी गर्ने जो कोहीलाई भौतिक सफाया गर्ने चेतावनी दिए । इलामको अर्को स्थान फाकफोकथुम गाउँपालिका २ खाम्बाङमा पनि कार्यक्रम भएको छ । उक्त स्थानमा बिद्यार्थी नेता गणेश र जिल्लाका सेक्रेटरी तागेराले बोलेका थिए ।

ताप्लेजुङ जिल्लामा पनि कार्यक्रम भएको छ । ताप्लेजुङको फक्तालुङ गाउँपालिकाको खेजेनिम भन्ने स्थानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । ताप्लेजुङमा सेक्रेटरी नरपतिले बोलेका थिए । त्यस्तै पाँचथरमा पनि कार्यक्रम सम्पन्न भएको छ । यांङ्वाराक गाउँपालिका ओयाम बजारमा जनताहरु, बिद्यार्थीहरुको बीचमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाका इन्चार्ज बिकल्प र बिद्यार्थी नेता तुफानले बोलेका थिए । उता धनकुटामा पनि कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा विशाल र युवाका केन्द्रीय कोषाध्यक्ष तिलकले बोलेका थिए । उक्त कार्यक्रममा बोल्दै युवा नेत तिलकले फासिष्ट दमनका बिरुद्ध जनमुक्ति सेनामा भर्ति हुन तयार रहन आग्रमसमेत गरे ।

श्रद्धाञ्जली सभा उता सुनसरी जिल्लामा पनि सम्पन्न भएको छ । सुनसरीका ३ स्थानमा सभा सम्पन्न भएको छ । झापाको एक स्थानमा श्रद्धाञ्जली सभा भएको छ । झापाको कमल गाउँपालिका वार्ड नं १ मा एक कार्यक्रमको आयोजना गरी झापाको पार्टीले कुमार पौडेलाई सम्झदै उहाँको चर्चा गरेको छ । कार्यक्रममा जिल्लाका सेक्रेटरी मनिसले बोलेका थिए । उनले बलिदान क्रान्तिकारीहरुको निम्ति स्विकार्य विषय भएकोले हामी सबै कुमारपथमा हिड्न तयार रहेको बताए । उनले ब्यक्ति हत्यामा उत्रिएको केपीको सर्वसत्तावादी चरित्र पर्दाफास भएको र जनताले अब दलाल संसदीय व्यवस्थालाई खरानी पार्ने बताए । उनले केपी ओलीलाई चेतावनी दिंदै भने जनतामाथि दमन गरेर सही विषयलाई ढाकछोप गर्न सकिन्छ भन्ने सपना नदेख्न भन्दै उनले झापाबाट ओलीलाई पत्तासाफ गरिदिने बताए । झापाको कार्यक्रममा युवा, स्थानिय जनता, बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

२०७६ असार १६ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :