डोटीमा जीप दुर्घटना हुँदा ६ जना घाइते


डोटी : आदर्श गाउँपालिकामा सोमबार बिहान जीप दुर्घटना हुदा ६ जना घाइते भएका छन् ।

डोटी जिल्लाको आदर्श गाँउपालिकाबाट सायल जाँदै गरेको से १ च ९१७ नम्बरको जीप दुर्घटना हुँदा ६ जना घाईते भएको प्रहरीले जनाएको छ । गाउँपालिकाको वडा नम्बर ७ साईली गाड नजिक पर्ने गजेडा भन्ने स्थानमा भएको जीप दुर्घटनामा परी सायल गाउँपालिका १ का २७ वर्षीय राजु दमाई, १५ वर्षीया बाटुली नेपाली, टीका नेपाली रहेका छन् ।

यस्तै आदर्श गाउँपालिका वडा नम्बर ७ का ३६ वर्षीय रमेश नेपाली, सोही ठाँउको सातलाका १२ वर्षीय महेश नेपाली, वडा नम्बर ६ गिरी चौकका चालक कटक सिलाल पनि घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिएका छन् ।

चालक सिलाल र बाटुलीको अवस्था भने गम्भीर रहेको उनले बताए । घाईतेहरुलाई उपचारकालागि दिपायलको शैलेश्वरी अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक धामीले बताएका छन् । जीप सडकबाट लगभग ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

२०७६ असार १६ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :